यो वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा, अबको केही दिन लगातार पानी पर्ने

Logo
आइतबार, साउन ३१, २०७८

काठमाडाैँ । यो वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । गएको जेठ २८ गते मनसुन सुरु भएयता दुई महिनामै औसत भन्दा धेरै पानी परेको हो ।

यसपालि मनसुन निरन्तर सक्रिय छ । साउन अन्तिमसम्म आइपुग्दा मनसुन अवधिभर पर्नुपर्ने पानीको ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो औसत भन्दा धेरै वर्षा हो । मनसुन अवधिमा नेपालमा हुने कुल वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्छ । त्यसमध्ये साउन २६ गतेसम्म ६९ दशमलव ९ प्रतिशत पानी परिसकेको पछिल्लो तथ्याङ्क छ ।

नेपालमा सामान्य अवस्थामा जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्म लगभग सय दिन दक्षिण एसियाली मनसुन सक्रिय हुने गर्छ । मनसुन अवधिमा देशभरको औसत वर्षाको मात्रा १४ सय ९६ दशमलव ७ मिलीमिटर हो भने काठमाण्डौको वार्षिक औसत वर्षा १४ सय ५४ दशमलव ८ मिलीमिटर हो । मनसुन सकिने समय अझै बाँकी छ ।

यसैबीच अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । मनसुनी न्यूनचापीय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएर पानी परिरहेको हो । अबको केही दिन लगातारजस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry