उदयपुर एमाले जेठ २ मा फर्कियो, अध्यक्षमा राउत

एमालेमा फर्कन एमालेको दुई दिने अल्टिमेटम
Logo
बुधबार, भाद्र २३, २०७८

उदयपुर : नेकपा (एमाले) उदयपुरले आफ्नो संगठन संरचनालाई ०७५ जेठ २ को अवस्थामा फर्काएको निर्णय गरेको छ ।

बुधबार बसेको एमाले उदयपुरको सचिवालय बैठकले इश्वरमणी राउतको नेतृत्वमा रहेको जिल्ला कमिटीलाई पुनस्थार्पित गर्ने निर्णय गरेको हो ।

पुनर्स्थापित कमिटीमा यसअघि पार्टीको अध्यक्ष रहँदै आएका परमेश्वर घिमिरे अब सचिवमा सीमित भएका छन् । उपाध्यक्षमा प्रदेश १ सांसद बिमल कार्की कायम भएका छन् ।

सचिवालय बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै पार्टीलाई पुरानै अवस्थामा फर्काउने निर्णय गरेको अध्यक्ष इश्वरमणी राउतले जानकारी दिए । उनले दश बुँदे सहमति अक्षर–अक्षर कार्यान्यन गर्न पार्टी नेतृत्व तयार रहेको भन्दै कम्युनिष्ट आन्दोलनबाट नभाग्न आग्रह गरे ।

अध्यक्ष राउतले २०७५ जेठ २ को संरचनाअनुसार पार्टी जिल्ला कमिटी १ सय ३ जनाको र ३५ जनाको सचिवालय रहेकाले त्यसैलाई कायम गर्दै क्षेत्र, नगर, गाउँपालिका, वडा र जनवर्गिय संगठन, इन्र्चाज, सहइन्र्चाजहरु पर्नुस्थापित हुने बताए । सचिवालय बैठकले १० बुँदे सहमतिलाई शाखा कमिटीसम्मै कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको जनाइएको छ ।

पार्टी सचिब परमेश्वर घिमिरेले पार्टी २०७५ जेठ २ मा फर्किसकेकाले एकताबद्ध एमाले बनाउने गरी गाउँघरसम्म पुग्ने गरी अभियान सञ्चालन गरिने बताए । उनले भदौ २६ गते जिल्ला कमिटीको बैठक बसी अभियानका कार्यक्रम बनाउने र सबै कमिटीहरुलाई पुरानै अवस्थामा फर्काइ गतिविधि बढाउने गरी तयारी थालिएको बताए ।

एमालेमा फर्कन एमालेको दुई दिने अल्टिमेटम

नेकपा एमाले उदयपुरले आफ्ना नेता र कार्यकर्तालाई एमालेमा फर्कन दुई दिनको समयसिमा तोकेको छ ।
दश बुँदे सहमति कार्यान्वयन सम्बन्धि अध्यक्ष इश्वरमणि राउतको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले दुई दिन भित्र एमालेमा फर्किए पुरानै जिम्वेवारी प्रदान गर्ने र सो अवधिमा नफर्किए जिम्वेवारी मुक्त गरी अघि बढ्ने निष्कर्ष निकाले हो ।

उदयपुरमा निर्वाचन आयोगले तोकेको समयसिमा भित्र एमालेबाट २८ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । सनाखत गरेका सबै तत्कालिन नेकपा एमालेको सुर्य चिन्हबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

अध्यायदेशबाट विभाजन भएका नेकपा एमाले र जनता समाजबादी पार्टीका जनप्रतिनिधिलाई भदौ २२ गते मंगलबारसम्म आयोगले दल रोज्ने अधिकार दिएसँगै उनीहरले नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) रोजेका हुन् ।

एमालेका उपाध्यक्ष विमल कार्कीका अनुसार स्थानीय तहमा एमालेका जनप्रतिनिधिको संख्या २ सय १० रहेका छन् । ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तहमा ७५ वटा वडा रहेको उदयपुरमा एमालेबाट नगर प्रमुख संख्या ३, उपप्रमुख २, गाउँपालिका प्रमुख ३, उपप्रमुख ३, वडाध्यक्ष ३१ जनाले जितेका थिए ।

त्यसैगरी जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखसहित सबै सेट नै एमालेबाट विजयी भएका थिए । पत्रकार सम्मेलनमा एमालेका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry