परराष्ट मन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे अमेरिकामा दिएको आफ्नै अभिव्यक्तिको खण्डन गरेका छन ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले त्यहाँ रहेका गैरआवासीय नेपालीहरुले गरेको कार्यक्रममा एमसीसीमा सहि छाप गरिसकिएको भन्दै संशोधन हुन नसक्ने र यतिकै लागू गर्नु पर्ने अभिव्यक्ति दिएका थिए ।
खड्काले कार्यक्रममा सहि छाप गर्दा किन नहेरेको र आज संशोधन गर्नु पर्ने भन्दै प्रतिप्रश्न गरेका थिए । कार्यक्रममा उनले एमसीसी परियोजना भएको र आफुहरुले मागेको बताउदै संशोधन गर्नुपर्ने भए उतिबेलै किन किन नपढेको भनेर प्रतिप्रश्न गरेका थिए । उनले एमसिसी संसोधन नहुने तर सबै दलको राष्ट्रिय सहमति प्राप्त गरेपछि मात्र अघि बढ्ने बताएका थिए ।
मन्त्री खड्काले कार्यक्रममा एमसीसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको र उसको आफ्नै प्रक्रिया रहेकाले नेपालले संशोधन गर्दा एमसीसी लागू भएका देशसमेत प्रभावित हुने भएकाले संशोधन गर्न कठिन हुने बताएका थिए ।
उनले दिएको यो अभिव्यक्ति सोलुसन खबर सहित देशका सबै मिडियाले समाचार बनाएका थिए । देश भरका मिडिया उनले दिएको अभिव्यक्ति सहित समाचार प्रकाशन भए पछि उनको चौतर्फी आलोचना भएको थियो ।
सोही आलोचना पछि डा खड्काले समाजिक सञ्जाल फेसबुक मार्फत आफैले दिएको अभिव्यक्तिको खण्डन गर्दै मिडियाहरुले पुर्वाग्रही भएर समाचार प्रकाशन गरेको बताएका छन ।
उनले आफुले राष्ट्रिय सहमतीमा एमसिसी लागू गर्ने बताएका भए पनि एमसिसी संशोधन भने गर्न नसकिने कुरालाई दोहोर्याएका छन । उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन,” समाचारहरु दलिय पुर्वाग्रहमा बनाउने हो भने के को बिश्वास गर्ने, एमसिसी हामिलाई चाहिएर मागेको हो उस्ले संसोधन गर्न नमान्ला राष्ट्रिय सहमती गरेर यसलाई लागू गर्नु पर्छ । “