उदयपुरका साहसहित पाँचजना सुचना आयोगबाट सम्मानित

Logo
बुधबार, आश्विन १३, २०७८

सुचनाको हकका लागि लामो समयदेखि लागी परेका उदयपुरका अजयकुमार साह राष्ट्रिय सूचना अयोगबाट मंगलबार पुरस्कारसहित सम्मानित हुनुभएको छ साह लगायत पाँचजना सुचनाको हकका अभियान्ताहरुलाई आयोगले सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्त्तर्राष्ट्रिय दिवसको अवसरमा सम्मान गरेको हो ।
सञ्चारकर्मी एवम् सामाजिक अभियान्तासमेत रहेका साह लगायत डा मुन्नाकुमार मिश्र (बारा), शैलेन्द्रकुमार महतो (धनुषा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार (पर्सा)लाई आयोगले सम्मान गरेको हो । वहाँहरुलाई आयोगको स्थापना दिवसको अवसरमा गत वैशाख २२ गते पुरस्कारसहित सम्मान गर्ने घोषणा गरिएको थियो । वहाँहरुले “विनय कसजू उत्कृष्ट राष्ट्रिय अभियन्ता पुरस्कार” प्रदान गर्नुभएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अभियन्ताहरुलाई पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचार घटाउन र नागरिकलाई बलियो तुल्याउन राज्यका निकायले जनतालाई सूचना प्रवाह गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताउनुभएको छ ।
सो अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने सूचना अधिकारी दयाराम तिवारी (मुस्लिम आयोग), सुरजकुमार भुजेल (थाहा नगरपालिका), राजेश चौधरी (जिल्ला हुलाक कार्यालय ताप्लेजुङ) र सरोज खतिवडा (जिल्ला हुलाक कार्यालय खोटाङ्)लाई पनि नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry