नेपाली कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती उदयपुर प्रदेश सभा १ (ख) बाट निर्वाचित सांसद तथा नवनियुक्त भौतिक तथा पुर्वाधार बिकास मन्त्री हिमाल कार्कीलाई आफ्नो गृह जिल्लामा भब्य स्वागत गरिएको छ । बुधबार साँझ गृह जिल्ला उदयपुर आईपुगेका मन्त्री कार्कीलाई स्थानिय नागरिक, पार्टीका विभिन्न तहका नेता, भातृ तथा शुभेच्छुक संघ संगठन र उनको निर्वाचन क्षेत्रका सवैवडाबासिले भब्य स्वागत गरेका हुन ।
प्रदेश १ मा नेकपा एमालेका भिम आचर्यले बिश्वासको मत नपाए पछि राजेन्द्र राईको नेतृत्वमा बनेको सरकारमा नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको उपनेता रहेका हिमाल कार्की मन्त्री बनेका थिए ।
स्वागत गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले उदयपुरले बल्ल जनताको नेता र मन्त्री पाएको भन्दै फुलमाला र खादा वढाएर स्वागत सम्मान र शुभकामना दिए ।
शुक्रबार त्रियुगा नगरपालिका वडा नम्बर ८ वडा कार्य समितिले स्वागत गरेको हो । मन्त्री कार्किलाई स्वागत सहित पार्टीको संगठनलाई गतिशिल बनाउनका लागि वडा नम्बर ८ ले वडा कार्यलय स्थापना गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेपाल विद्यार्थी संघका पूर्व सभापति गुरुराज घिमिरेले वडा कार्यालयको उद्घाटन गरेका थिए ।
त्रियुगा नगरपालिका वडा नम्बर ८ उदयपुरमा नेपाली कांग्रेसको सबै भन्दा धेरै क्रियाशिल सदस्यहरु रहेको वडा समेत हो । दिपावली तथा छठ पर्वको अबसरमा सास्कृतिक पर्वले पार्टी भित्र भावनात्मक एकताको विकास गरोस भन्ने उद्देश्यका साथ वडा कार्यालय दिपावलीको अबसरमा उद्घटान गरिएको वडा सभापती लिल बहादुर बस्नेतले जानकारी दिए ।