विराटनगर । नेपाली कांग्रेसकाे प्रदेश १ काे मत गणनाकाे ४०० मत गणनाको मत परिणाम सार्वजनिक भएकाे छ । आइतबार दिउँसाेदेखि सुरु भएकाे मत परिणाामअनुसार ४०० मत गन्दा सभापतिमा गुरूराज घिमिरेले अग्रता लिएका छन् । अहिले सम्मको मत परिणाम अनुसार ३९ मतले घिमिरे अगाडी छन् ।
हाल सम्मको मत परिणाम अनुसार घिमिरिले २१२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी उद्वव थापाले १७३ मत प्राप्त गरेका छन् । उपसभापतिमा गाेविन्द प्रसाद ढुंगाना १७३ , टंक प्रसाद राई १८१, रमेशजंग रायमाझी १८७, विश्वनाथ रिजाल १६७ मत प्राप्त गरेका छन् ।
महामन्त्रीमा उमेश थापा १९५, दिपन कुमार श्रेष्ठ १८३, पदम सुन्दर पालुङ्वा १६६, भुपेन्द्र राई १७४ मत पाएका छन् ।
सहमहान्त्री(महिला)मा प्रमिला कुमारी गच्छेदारले १७५, सीता कार्कीले १८९ मत पाउँदा सहमहामन्त्री (खुला)मा खड्ग फागाेले २२७, राेहित कुमार साहले १५१, विनाेद कुमार बस्नेतले १६८, वीरकाजी राईले १५८ मत पाएकाे निर्वाचन समितिले जनाएको छ ।
१४ औँ महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस प्रदेश १ मा देउवा सिटौला र पाैडेल काेईराला समूह प्रतिस्पर्धामा छन् । गुरूराज घिमिरे पौडेल कोइराला निकट हुन् भने उद्वव थापा देउवा सिटौला निकट हुन् ।