विराटनगर । नेपाली कांग्रेसकाे प्रदेश १ काे मत गणनाकाे ८०० मत गणनाको मत परिणाम सार्वजनिक भएकाे छ । आइतबार दिउँसाेदेखि सुरु भएकाे मत परिणाामअनुसार ८०० मत गन्दा सभापतिमा गुरूराज घिमिरेले अग्रता कायम राखेका छन् । अहिले सम्मको मत परिणाम अनुसार ४४ मतले घिमिरे अगाडी छन् ।
हाल सम्मको मत परिणाम अनुसार घिमिरिले ४०८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी उद्वव थापाले ३६२ मत प्राप्त गरेका छन् । उपसभापतिमा गाेविन्द प्रसाद ढुंगाना ३४८, टंक प्रसाद राई। ३७३, रमेशजंग रायमाझी ३८९, विश्वनाथ रिजाल ३२४ मत प्राप्त गरेका छन् ।
महामन्त्रीमा उमेश थापा ३८५, दिपन कुमार श्रेष्ठ ३५८, पदम सुन्दर पालुङ्वा ३६१, भुपेन्द्र राई ३५७ मत पाएका छन् ।
सहमहान्त्री(महिला)मा प्रमिला कुमारी गच्छेदारले ३६७, सीता कार्कीले ३७७ मत पाउँदा सहमहामन्त्री (खुला)मा खड्ग फागाेले ४६०, राेहित कुमार साहले ३०४, विनाेद कुमार बस्नेतले ३४७, वीरकाजी राईले ३०६ मत पाएकाे निर्वाचन समितिले जनाएको छ ।
१४ औँ महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस प्रदेश १ मा देउवा सिटौला र पाैडेल काेईराला समूह प्रतिस्पर्धामा छन् । गुरूराज घिमिरे पौडेल कोइराला निकट हुन् भने उद्वव थापा देउवा सिटौला निकट हुन् ।