प्रदेश १ मा गठबन्धनको न्यूनतम साझा कार्यक्रमः अल्पकालीन र दीर्घकालीन योजना पहिचान गरिएको दाबी

Logo
बुधबार, पुष ०७, २०७८

पाँच दलीय गठबन्धनको सरकार रहेको प्रदेश १ मा गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको छ। एकीकृत समाजवादी नेतृत्वमा प्रदेश १ मा कांग्रेस, माओवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी सरकार छ।

सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पार्न गठित कार्यदलले मुख्यमन्त्री राजेन्द्र राईलाई बुधबार कार्यक्रमको मस्यौदा बुझाएको छ ।

समितिका संयोजक एवं प्रदेश सांसद शेखरचन्द्र थापाले मुख्यमन्त्रीको कार्यकक्षमा मस्यौदा बुझाएका हुन्। थापा नेतृत्वको कार्यदलले २० पेजको अल्पकालीन र दीर्घकालीन साझा कार्यक्रम तयार गरी प्रतिवेदन बुझाएको छ।

सरकारको दीर्घकालीन र अल्पकालीन योजनासहित कार्यान्वयनमुखी प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको कार्यदलका संयोजक थापाले बताए।

प्रदेशको वस्तुस्थिति र सामर्थ्यलाई अध्ययन गरेर अल्पकालीन र दीर्घकालीन योजनासहित प्रतिवेदन तयार गरेको उनको भनाइ छ। प्रदेश सरकारले अल्पकालीन योजनामा स्वास्थ्य, कृषि, शिक्षा र कोरोनाको उपचारलाई प्राथमिकतामा राखेको उनले बताए।

स्वास्थ्य, कृषि, शिक्षा र राहत र कोभिड १९ लाई प्राथामिकतामा राखेर साझा कार्यक्रम बुझाएको उनले बताए। ‘पर्यटकीय गन्तब्यको रुपमा पनि प्रदेश १ रहेको छ। त्यसलाई पनि आधार बनाएर हामीले साझा कार्यक्रम बनाएका छौं,’ उनले भने, ‘आर्थिक दृष्टिकोणले पनि प्रदेशलाई कसरी सम्मुनत बनाउन सकिन्छ। त्यसलाई पनि हामीले साझा कार्यक्रममा समावेश गरेका छौं।’

जनताको समस्यालाई सम्बोधन गर्ने गरी कार्यान्यवनमुखी प्रतिवेदन तयार गरेको उनले बताए । प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले सरकारले प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए। नेपाली कांग्रेस महाधिवेशनका कारण प्रदेशको काममा केही प्रभाव परेको उल्लेख गर्दै उनले अब द्रूत गतिमा काम अघि बढ्ने बताए।

कार्यदलमा प्रदेश सांसदहरू राजन राई, धीरेन्द्र शर्मा, रामचन्द्र लिम्बू र अशोक चेम्जोङ सदस्य थिए। यस्तै, प्रदेश योजना आयोगका पूर्वसदस्य डा. पूर्ण लक्सम कार्यदलको सदस्य सचिव हुन्।

कार्यदलका तर्फबाट मस्यौदा ग्रहण गर्दै मुख्यमन्त्री राईले सरकारको न्यूनतम साझा कार्यक्रम पौष ९ गते शुक्रबार सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry