भोटिङ मेशिनको प्रयोग गरेर बैशाख १४ गते स्थानीय तहको चुनाव गर्न सरकारलाई सिफारिस

Logo
शुक्रबार, पुष ०९, २०७८

उदयपुर – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न प्रस्ताव गरेको छ।

शुक्रबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया लगायत पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रीहरूसँग भएको छलफलमा यस्तो प्रस्ताव गरेका हुन्।

आयोगले एकै पटकमा निर्वाचन गर्न नसके दुई चरणमा गर्न प्रस्ताव राखेको छ। भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, मतदाता नामावली संकलन विशेष कार्यक्रम, स्थानीय तहको निर्वाचन, निर्वाचन सुरक्षा व्यवस्था तथा निर्वाचन खर्च लगायतका विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए। त्यस्तै छलफलमा स्थानीय तहको निर्वाचन भोटिङ मेशिनको माध्यमबाट गर्न आग्रह गरिएको छ।

‘निर्वाचनमा भोटिङ मेशिनको प्रयोग गर्ने आयोगको प्रस्ताव सम्बन्धमा प्रधानमन्त्रीले राजनीतिक दलहरुसँगको छलफलबाट कायम गरी सबै क्षेत्रहरुमा प्रयोग गर्न नसकिए पनि केही निश्चित क्षेत्रहरुमा भोटिङ मेशिन प्रयोग गर्दै जानुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

‘स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख महिनामा गर्नुपर्ने अवस्था रहेकाले सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्न उपयुक्त हुने र यदि कुनै कारण एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरणको मिति २०७९ वैशाख १४ गते बुधबारको दिन र दोस्रो चरण मिति वैशाख २२ गते बिहीबार दिन गर्न सकिनेछ,’ आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिकएको छ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावली संकलन कार्यक्रमबाट पुस ९ गते सम्ममा थप ५ लाख ७७ हजार ६६९ मतदाता दर्ता भएका छन्। साथै यस अवधिमा बाहिरी जिल्ला दर्ता कार्यक्रमबाट १९ हजार ५४ मतदाता दर्ता भएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry