नेकपा एमाले उदयपुर जिल्ला अधिवेशनको तयारि बिव्र, भोली बाट प्रतिनिधि चयनको काम हुने

खर्च ब्याबस्थापनका लागि २० रुपैया संकलन
Logo
शुक्रबार, पुष १६, २०७८

नेकपा एमाले जिल्ला कार्य समिति उदयपुरले ८ औँ जिल्ला अधिवेशनका लागि शनिबार बाट प्रतिनिधिहरुको चयनको काम अगाडी बढाउने जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला अधिवेशनलाई सफल बनाउन शनिवार बाट प्रतिनिधि चयनको काम गरिने नेकपा एमाले उदयपुरका अध्यक्ष ईश्वरमणी राउतले बताए ।

राउतका अनुसार जिल्ला भर बाट करिब ७ सय जनाको हाराहारीमा प्रतिनिधि चयन हुने छन् । जिल्लाभरी रहेका ८ ओटा पालिकाहरु बाट प्रत्यक २० संगठित सदस्य बाट ३ जनाको दरले प्रतिनिधि चयन हुने अध्यक्ष राउतले बताए। जस्मा १ जना महिला अनिवार्य गरिएको छ ।

यता उत्पिडित समाज र अन्य पार्टी बाट प्रवेश गरेकाहरुलाई पनि १÷१ जना प्रतिनिधि हुने गरी कार्यक्रम तयारी गरिएको जनाएको छ । मजवुद बन्दै गएको एमालेलाई कमजोर बनाउन यतिबेला सबै शक्तिहरु एक ढिक्का भएर प्रहार गरिरहेकाले त्यसविरुद्ध सशक्त भएर उभिन यो अधिवेशन सर्वसहमत नेतृत्व चयनको खोजीमा रहेको अध्यक्ष राउतले बताए । उनले भने, ‘अधिवेशन सकेसम्म सर्वसहमत हुन्छ, नभए गुटउपगुटको अन्त्य गर्नेगरी विना प्यानल आफु–आफु चुनावमा सहभागि हुनु हुनेछ ।

खर्च ब्याबस्थापनका लागि २० रुपैया संकलन

नेकपा एमाले उदयपुरले ८ औँ जिल्ला अधिवेशनलाई लक्षित गरी एमालेले संगठित सदस्य, प्रतिनिधि र जनप्रतिनिधिलाई दायित्व तोकेर खर्च व्यवस्थापन गर्न लागेको छ ।

अधिवेशन तयारीका सन्र्दभमा शुक्रबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष इश्वरमणि राउतले खर्च व्यवस्थापनका लागि प्रत्येक संगठित सदस्यबाट अनिवार्य २० रुपैँया जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको बताए ।

उदयपुर एमालेमा ८ हजार ४४५ जना संगठित सदस्य रहेका छन्। त्यसैगरी अधिवेशनमा जिल्लाभरबाट ७ सय प्रतिनिधि सहभागि हुँदैछन् । प्रत्येक प्रतिनिधिलाई १ हजार दायित्व तोकिएको छ । यसका अलवा पार्टीबाट निर्वाचित भएका सबै जनप्रतिनिधिलाई एक महिनाको सुबिधा उपलब्ध गराउने गरी जिल्ला कमिटीको निर्णय भएको उनले बताए ।

सदरमुकाम गाईघाटमा पुस २३ देखि २५ गतेसम्म तीन दिन चल्ने अधिवेशनमा ८ देखि १० लाख रुपैँया खर्च हुने अनुमान गरिएको अध्यक्ष राउतले बताए ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिब १=१ र दुई उपसचिब गरी १०५ जनाको जिल्ला कमिटी छनौट गर्ने सचिब परमेश्वर घिमिरेले बताए । उनले पार्टी यो बेला संकटको घडीमा रहेकाले सर्वसहमत नेतृत्व चयन गरी मजवुद बनाउने गरी नेता कार्यकर्ता लागि परेको बताए ।

लोगो सार्वजानिक
नेकपा एमाले उदयपुरले आठौँ जिल्ला अधिवेशनलाई लक्षित गरी तयार गरेको लोगो सार्वजानिक गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाको भौगोलिक अवश्था, प्राकृतिक सम्पदा र ऐतिहासिक धरोहरलाई समेटेर तयार पारेको लोगो सार्वजानिक गरेको हो । लोगोको सबैभन्दा माथि पार्टीको चुनाव चिन्ह सुर्य, त्यसमुनी हसिया हतौडा अंकित झण्डा रहेको छ ।

त्यसैगरी लोगो भित्र विशेषगरी ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्र रौतापोखरी, देशकै सबैभन्दा ठुलो उदयपुर सिमेण्ट उद्योग, जिल्लाकै सबैभन्दा अग्लो ठाउँ चित्रेथान टावर, सबै जातजातिलाई समेटेर तयार पारेको कटारीको भुगोलपार्क, धार्मिक आश्था बोकेको त्रियुगा नदी, सेन वंशले राज्य गरेको चौदण्डिगढी दरवार, सप्तकोसीमा सञ्चालित जेटवोट, धार्मिक आश्थाको केन्द्र राधाकृष्ण मन्दिरका तस्विरहरु राखिएका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry