नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोइरालाले सुरुगरेको मेलमिलाप दिवसको अवसर पारेर उदयपुरको गाइघाटमा ४६ औ मेलमिलाप दिवसमा वनभोज कार्यक्रम र धन्यबाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ।
मेलमिलाप दिवसका अवसरमा भर्खरै सम्पन्न महाधिवेशनलाई समेत मध्यनजर गर्दै नेपाली कांग्रेसका नेता बसन्त बस्नेतको संयोजनमा धन्यबाद ज्ञापन सहित वनभोज र मेलमिलाप दिवस कार्यक्रम सम्पन्न भएको हो ।
वनभोज कार्यक्रममा जिल्ला भरका कांग्रेसका कार्यकर्ता तथा सुभेच्छुकहरु गरि १००० मानिस उपस्थित भएका थिए। बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता बस्नेतले महाधिवेशनमा संलग्न भएका सबै कांग्रेसका कार्यकर्ता तथा प्रतिनिधिहरुलाई कांग्रेस सुध्रिणीकरणको महाअभियानमा सरिक भएर माहाधिबेशन सम्पन्न गरेकोमा धन्यबाद सहित बधाई दिएका थिए।
जिल्लाको अधिबेशन सकिन साथ पुसको १६ गतेलाई बधाई ज्ञापन तथा वनभोजको कार्यक्रम राखिएको हुदा पार्टीको अन्य कार्यक्रमलाई लक्षित गरेर यो कार्यक्रम नराखिएको नेता बस्नेतले प्रष्ट पारेका थिए।
“कांग्रेस सुध्रिणीकरण र रुपान्तरणको महाअभियानमा लागेका समुहलाई बोलाएर धन्यबाद ज्ञापन गरिएको हो।” उनले भने, “यो कार्यक्रम कसै प्रति आग्रह र पूर्वाग्रह राखेर आयोजना गरिएको हैन, संयोग बस एकै दिन दुई ठाउ कार्यक्रम हुन् पुग्यो, पुर्व निर्धारित कार्यक्रम भएकोले रोक्न सकिएन क्षेत्रमा हुने कार्यक्रम यहिँ एकै ठाउ गर्न सकिएन कोहि पनि दुबिद्धामा नपर्नु होल। ”
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी नेत्री तथा संघिय सांसद प्रमिला राइले महाधिबेशनका दौरान देखिएका समुहलाई अब मेटाएर पार्टीलाई एक बनार लैजान मेलमिलाप दिवसमा गरिएको क्रार्यक्रमले सफलता हाँसिल गर्ने बिश्वास ब्याक्त गरिन।
कार्यक्रम बोलेका अधिकांस बक्ताहरुले महाधिबेशनमा देखिएका समुहलाई लिएर पार्टीलाई विभाजन तर्फ कसैले लान नहुने र यो मेलमिलाप दिवसले पार्टीको आन्तरिक प्रतिस्पर्धामा देखिएका तिक्तता मेटाउने धारणा राखेका थिए।
यता जिल्ला कार्यसमिति उदयपुरको निर्णय अनुसार प्रतिनिधिसभा क्षेत्रमा समेत ४६ औं मेलमिलाप दिवस मनाइएको छ ।