उदयपुर २० पुस : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न लागि परिरहेको बताएका छन् ।
धरान दिवस २०७८ मा सहभागी हुन मंगलबार धरान आएका उनले प्रतिष्ठान सुधारमा आफू गम्भीर रहेको बताए । करिब २ मिनेट सम्बोधन गरेका उनले धरानलाई शिक्षा र स्वास्थ्यको हब बनाउन लागि पर्ने बचनसमेत दिए ।
उनले धरानमा रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियर क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेश्वर विद्या पीठको सुधारको पक्षमा सरकार रहेको बताए ।
त्यस्तै उनले पार्टीलाई एक ढिक्का बनाउन सबैको सहयोग आवश्यक भएको बताए । उनले देशभरिका पार्टीका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुने बताए ।
सभापति देउवा संगै नेपाली कांग्रेस उदयपुरका सभापति तथा प्रदेश १ सरकारका भौतिक तथा पुर्वाधार बिकाश मन्त्री हिमाल कार्कीले आज सफारिमा चडेर धरान घुमेका थिए । काठमाडौंबाट हेलिकोप्टरमा गएका प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका-६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पुगेर फोहोर प्रशोधन केन्द्रको उद्घाटन गरेका थिए।
त्यसपछि प्रधानमन्त्री देउवा सहित मन्त्री कार्की फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीमा बसेर घुमेका थिए ।