रामचन्द्र पौडेल संस्थापन इतरको नेतृत्वबाट ‘आउट’, शेखरलाई ‘वरिष्ठ नेता’को रुपमा सम्बोधन

Logo
बुधबार, पुष २१, २०७८

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहबाट रामचन्द्र पौडेल औपचारिक रुपमा ‘आउट’ भएका छन्। संस्थापन इतर समूहले काठमाडौंको सिंहदरबार नजिकै बोलाएको समीक्षा बैठकको नेतृत्व औपचारिक रुपमै डा शेखर कोइरालाले गरेका छन्।

संस्थापन इतरको मंगलबार बसेको अनौपचारिक बैठकले महाधिवेशनमा पौडेलले देउवालाई सघाएको ठहर गरेको थियो। पौडेल देउवातर्फ नै लागेको निष्कर्षसहित संस्थापन इतरले सभापतिमा पराजित डा कोइरालालाई नेताका रुपमा अघि बढाउने संकेत बुधबारको बैठकबाट गरेको छ।

बुधबारको बैठकमा संस्थापन इतरका नेता कार्यकर्तालाई डा कोइरालाले सम्बोधन गरेका छन्। सम्बोधनका लागि उनलाई ड्यासमा बोलाउने क्रममा उद्घोषकले ‘वरिष्ठ नेता’ सम्बोधन गरेका थिए। आफूहरुले मानिसकेको बताउँदै पार्टी परम्पराअनुसार उनलाई वरिष्ठ नेता बनाउन माग गरिएको थियो।

झन्डै दुई सयको हाराहारीमा नेताकार्यकर्ता भेला भएको बैठकमा डा कोइराला पक्षबाट कांग्रेस उपसभापतिमा विजयी धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारलगायत केन्द्रीय सदस्यहरुको उपस्थिति छ।

बैठकले महाधिवेशनको समीक्षाका साथै सभापति शेरबहादुर देउवाको एकलौटी विरुद्ध लड्ने रणनीति तय गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry