हामीले सरकारका परराष्ट्र मन्त्रीको बिरोध गरेको हो : भुवन दाहाल

अनेरास्ववियु केन्द्रीय निर्णय अन्तर्गत भएको आन्दोलन हो यो देश ब्यापी छ र जारी रहने छ ।
Logo
आइतबार, माघ २३, २०७८

नेपाल सरकारका पराराष्ट्र मन्त्री डा. नारायण खड्का गृह जिल्ला आएको समयमा मन्त्री खड्कालाई पटकपटक कालो झण्डा देखाउदै पक्राउ परेर रिहा भएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु उदयपुरका अध्यक्ष भुवन दाहाललाई सोलुसन कर्मी खेमराज दाहालले जिल्लाका एक मात्र अन्तर्राष्ट्रिय ब्याक्तित्व परराष्ट्र मन्त्री गृह जिल्ला आउदा किन कालो झण्डा देखाएर बिरोध गरेको भनेर प्रश्न गरेका छन । विद्यार्थी नेता दाहालसंग गरेको संबादको संपादित अंश –

जिल्लाका एक मात्र अन्तर्राष्ट्रिय ब्याक्तित्व परराष्ट्र मन्त्री गृह जिल्ला आउदा कालो झण्डा देखाएर पटकपटक बिरोध गर्नु भयो किन ?

तपाईले भने जस्तो उहाँ जिल्लाको नेता हो परराष्ट्र मन्त्री भएपछि अन्तर्राष्ट्रिय ब्याक्तित्व हुनु भयो । यदि उहाँ साच्चिकै अन्तर्राष्ट्रिय ब्याक्तित्व हो भने अघिल्लो सरकारले नेपालको भुमी लुपुलेख लिम्पियाधुरा लगायतका भुमी नेपालको हो भनेर आफ्नो देशको नक्शामा समाबेश गर्यो, त्यसलाई कार्यन्वयन गराउदै ती भुमी फिर्तागर्न पहल गर्नु भएन । उहाँ नेपाल सरकारको परराष्ट्र मन्त्री हो । संबिधानत सरकारले अब स्थानीय चुनावको घोषणा गरि सक्नु पर्ने हो त्यो उहाँ सहभागी सरकारले गर्न सकेको छैन किन सकेको छैन भन्दा उहाँहरुको अप्राकृतिक गठबन्धन बचाउन र सरकार टिकाई राख्न । अदालतको परामादेश बाट बनेको सरकार टिकाई राख्न देशको एक प्रमुख मध्य स्थानीय सरकारलाई जनप्रतिनिधि बिहिन बनाउने उहाँहरुको उदेश्य विरुद्ध र निरन्तर पेट्रोलियम पदार्थको मुल्यबृद्धी बिरुद्ध हामिले सरकारका परराष्ट्र मन्त्रीलाई कालो झण्डा देखाएर बिरोध गरेका हौ ।

एक पटक बिरोध गर्नु भयो पक्राउ पर्नु भयो फेरि रिहा भएपछी पुनः बिरोध गर्नु भयो पक्राउ पर्नु भयो । यो चाहिँ उहाँ संगको ब्यक्तिगत रिसिपी त हैन ?

ब्यक्तिगत रिसिपी किन गर्नु ? उहाँ राजनीतिक मान्छे, राजनीति गरेर महत्वपूर्ण सफलता पाएको मान्छे म राजनीतिमा आउदै गरेको मान्छे । यो नितान्त राजनीतिक कुरा हो । हाम्रो अनेरास्ववियुको केन्द्रीय कमिटिले निर्णय गरेर देशब्यापी रुपमा चलेको आन्दोलन हो । हामी आन्दोलनमा नै छौ । उहाँ सरकारको परराष्ट्र मन्त्री हो उहाँ आएको बेला हामिले सरकारका परराष्ट्र मन्त्रीको बिरोध गरेको हो । ब्यक्तिगत हुने कुरै भएन ।

तपाइँहरुले गर्नु भएको बिरोधमा एमसिसिको बिरोध गरेका प्लेकार्ड हरु पनि थिए । अनेरास्ववियुको एमसिसि पास हुन हुदैन भन्ने माग पनि हो ?

अनेरास्ववियुले एमसिसि नेपालको हितमा छैन । यो एथास्थितिमा पास हुन हुदैन भनेको हो । र यो पास हुन हुदैन ।

तपाईंहरुको माउ पार्टी एमालेका अध्यक्ष त एमसिसि नेपाललाई चाहिन्छ यो पास हुन पर्छ भन्नू हुन्छ त ?

अध्यक्षले एमसिसि नेपाललाई चाहिन्छ भन्नू भएको छैन र हैन पनि उहाँले एमसिसि संसदको बिजनेस हो संसदमा ल्याउ जनताको सर्वोच्च संस्था संसदले एमसिसि चाहिने नचाहिने निर्णय गर्छ भन्नू भएको हो ।

उहि पार्टीको जनवर्गीय संगठन चाहि चाहिन्दैन भन्छ पार्टी चाहिँ हुन्छ चाहिन्छ भन्छ यो तपाईंहरुले आउने निर्वाचनका लागि भोट बटुल्ने भोट बैंक बनाउनु भएको हो ?

नेकपा एमालेलाई रोक्न देशका पाँच पार्टी एक ठाउँमा छन र पनि हामी चुनाव गराउ भनी रहेका छौ । हाम्रो पार्टीको संगठन देशभर चलायमान छ । हामीलाई रोक्न पाँच पार्टी एक ठाउँ हुन पर्ने अवस्था छ भने हामीलाई एमसिसि जस्तो विवादास्पद मुद्धा चाहियो चुनावमा हामी संग जनतामा जाने आफ्नै मुद्धाहरु काफी छन र हामी गठबन्धन संग चुनाव लड्न तयार छौ ।

अन्त्यमा केही भन्न चाहानु हुन्छ ?

परमादेश बाट बनेको सरकारले देशलाई बन्धक बनाउन खोजेको देखिन्दै छ । अघिल्लो सरकारले गरेका बिकासे योजनाहरु बजेट नभएको भनेर कटौती गर्ने तर गैर संबैधानिक काम गरेर प्रदेशका मन्त्रालय फुटाएर राज्यलाई ब्यायभार थप्छ । भ्रष्टाचार, कालोबजारि बढेको छ । सरकार मौन छ । सरकार छ छैन जनताले अनुभुत गर्ने एक काम भएको छैन । संबिधानले ५ बर्षमा चुनाव गर भनेको छ । निर्वाचन सम्बन्धी ऐनले फरकफरक मितिमा चुनाव भएको भएपनी पहिले भएको मितिले सबैको ५ बर्षको हुने भनेको छ । कानुन र संबिधानको उल्टो व्याख्या गरेर स्थानीय सरकारलाई जनप्रतिनिधि बिहिन बनाउने जुन खेलिन्दैछ ।  त्यस्को विरुद्धमा हाम्रो देश ब्यापी आन्दोलन हो । हामिले नारायण खड्कालाई बिरोध गरेको हैन हामीले सरकारका प्रतिनिधि परराष्ट्र मन्त्रीको बिरोध गरेको हो ।

धन्यवाद समय र सम्बादको लागि
धन्यवाद मलाई मेरा आफ्ना बिचार प्रस्तुत गर्ने अवसर दिनु भएकोमा तपाईं लगाएत सम्पुर्ण सोलुसन परिवारलाई पनि धन्यबाद

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry