अबको त्रियुगा नगरपालिकाको मेयर को र कस्तो ?

Logo
खेमराज दाहाल सोमबार, फाल्गुण ०२, २०७८

लोकतन्त्रको सबैभन्दा सुन्दर र सुखद पक्ष भनेकै आवधिक निर्वाचन हो र जस्ले जनादेशको नवीकरण गर्ने गर्दछ  । लोकतान्त्रिक शासन व्यवस्थामा जनता स्वयंबाट आफूमाथि शासन गर्ने शासकरूपी जनप्रतिनिधि चयन गर्ने पद्धत्ति नै निर्वाचन हो  ।वास्तवमा निर्वाचन जनताको नाडी छाम्ने कडी हो अनि कुनै उम्मेदवार वा राजनीतिक दलको लोकप्रियता परीक्षण गर्ने कसी पनि हो ।

नेपालको ०६२-६३ सालको जनआन्दोलनको सफलतापश्चात् स्थापित लोकतन्त्र अथवा गणतन्त्रात्मक शासन व्यवस्थाअन्तर्गत स्थानीय तहको निर्वाचन बैशाख ३० गत्र हुन गइरहेको सर्वविदित छ ।  वैशाख ३० गतेको तिथि जति नजिकिँदो छ, देशमा चुनावी सरगर्मी एवं राजनीतिक तापमान उत्तिकै बढ्दो छ ।  चिया पसल, बिद्यालय, क्याम्पसजस्ता सार्वजनिक स्थानमा आउदो निर्वाचनलाई लिएर सकारात्मक वहस शुरु हुन थालेको छ ।

नेपालीका लागि आसन्न स्थानीय निर्वाचन लोकतन्त्र बहालीपछिको दोस्रो हो । २०७२ सालमा संबिधान जारी पश्चात २०७४ सालमा लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो स्थानीय निर्वाचन भएको थियो ।  संघीय संरचनाअन्तर्गत कोरिएको खाका अनुरूप तय भएका संघ, प्रदेश र स्थानीय सरकारको काम कर्तव्य र अधिकारको पुर्ण जानकारी बिनै भएको सो निर्वाचनमा ब्याक्ती भन्दा पनि दलिय भोट बढी आएको देखिन्थ्यो  ।

संघीय संरचनाअन्तर्गत रहेको मुलुकमा सिंहदरबारसम्म धाउनुपर्ने कतिपय कामकारबाही अथवा स्थानीय स्तरका योजनाको तर्जुमासमेत  स्थानीय तहबाटै हुने व्यवस्था गरिएको छ । गाउँघरमा आइपर्ने प्राकृतिक विपत्तिबाट क्षति हुन गएका संरचना वा धनजनको सन्दर्भमा केन्द्रमै डेलिगेसन जानुपर्ने, सानातिना मुद्दाका लागि जिल्लाका सदरमुकामका अदालतमै धाउनुपर्ने जस्ता असुविधा र कठिनाइ अब उप्रान्त भोग्नु नपर्ने गरी सम्बन्धित कानुनमा स्थानिय निकायलाई अधिकारसम्पन्न तुल्याइएको छ ।

यसपटकको स्थानीय निर्वाचनको महत्व विगतका भन्दा पनि फरक रहेको छ । सिंहदरवार गाउगाउमा नारा दिएर अधिकार सम्पन्न बनाएको स्थानीय तहमा छोटे राजाहरु जन्मिएको, जनताले पाउने सेवा सुबिधालाई ध्यान नदिने, भौतिक र आरामदायी सुख सयलमा करोडौं रकम खर्चिएको कुरा सर्बत्र छ । राज्य र कानुनले निर्धारण गरेको सेवा सुबिधा भन्दा मनखुसी बढाएर मनलाग्दी सेवा सुबिधा लिएको, जनतालाई विभिन्न शिर्षकमा कर लगाएर मारमा पारेको जस्ता अनेकन असन्तुष्टि छारष्ट छन ।

ती असन्तुष्टिहरुलाई जवाफ दिने समय भनेको र छोटे राजा भएकाहरुको हैसियत देखाउने समय भनेको नै आम नागरिकका लागि यो निर्वाचन उपर्युक्त समय हो । यो निर्वाचनमा उम्मेदवार कुन दलको हो, कस्तो दलको हो भन्दा पनि उम्मेदवारको छवि, त्याग, समाज सेवाप्रतिको लगावजस्ता विशेष योग्यताको खोजी गरिनु पर्दछ । पार्टीभन्दा राष्ट्र माथि हुन्छ भन्ने भावना आत्मसात गर्दै आफ्नो मताधिकार सुझबुझका साथ प्रयोग गर्नु जरुरी छ ।

हाम्रो देश विभिन्न सम्प्रदायका जातजाति बसोवास गर्ने साझा फूलबारी त हो नै । तर पनि जातीय वा साम्प्रदायिक वा वर्गविशेषको नारा दिएर, झूटको खेती गरेर वा धन वा क्षणिक प्रभावमा पारेर परिणाम आफ्नो पक्षमा ल्याउन अनेक हथकण्डा अपनाउनेहरूको पनि कमी नहोला यो निर्वाचनमा । यस अगाडिको निर्वाचन परिणाम पनि त्यस किसिमको देखिएको थियो । त्यस्ता किसिमका हतकण्डा गरेर राज्यसत्ताको चास लिएका प्रतिनिधिले यस पटक पनि त्यो किसिमको हथकण्डा, जातीय, सम्प्रदायिक नारा दिएर झूटको खेती गर्ने निश्चित प्राय छ ।

त्यसैले मतदाताहरुले  स्वच्छ छवि भएका निष्ठावान्, त्यागी, स्थानीय गाउँ समाजको सुखदुःखमा भिजेको, स्थानीय समस्या पहिचान गरी त्यसको समाधानसमेत गर्नसक्ने खुबी र क्षमता भएका चरित्रवान् पृष्ठभूमि भएको ब्यक्तिलाई चुने मात्र त्यस्तो ब्यक्तिले सुशासनको अनुभूति गराउनेछन।

आफुलाई सर्वगुण सम्पन्न मानेर त्रियुगा नगरपालिकाको मेयरको दावी यस पटक नेपाली कांग्रेसका नेता वसन्त बस्नेत, नेकपा एकीकृत समाजवादिका नेता वलदेव चौधरी, नेकपा एमालेका नेता इश्वर मणि राउत र नेकपा माओबादी केन्द्रबाट किरण राईको रहने आम नागरिकको अनुमान छ । टिकटमा निकै दवाव र प्रभाव नभए यहाँ उल्लेख गरिएका नाम नै नगर प्रमुखको जिम्मेवारीमा आउने सम्भावना छ ।

थोरै मतले वसन्त बस्नेतलाई पछि पार्दै  नेकपा एसका नेता (तत्कालिन नेकपा एमाले) वलदेव चौधरी बिजयी भएका थिए । नेकपा माओवादी केन्द्रबाट किरण राई तेस्रो भएका थिए । दुई दशक पछि संघीय संरचना अन्तर्गत भएको २०७४को निर्वाचनमा एजेन्डाको आधारमा भन्दा जातिय, साम्प्रादायिक र नोटको आधारमा भोट आएको चर्चा भएको थियो ।

चौधरी समुदायको बाहुल्यता रहेको त्रियुगा नगरपालिकामा वलदेव चौधरीले जातिय साम्प्रादायिक र दलिय भोटले थोरै मतान्तरले नेता बस्नेत लाई पछि पारेका थिए । सांगठनिक रुपमा कमजोर रहेको माओबादिले दलिय भोट भन्दा जातिय र सम्प्रदायिक भोट पाएको उतिखेरै विश्लेषण भएको थियो । उक्त निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो हुने नेताको बिश्लेषण गर्दा दलिय भोट वसन्त बस्नेतले पाएको तर दलिय प्लस जातिय र सम्प्रदायिक भोटले नेता चौधरी बिजयी भएको केही तथ्यले पनि देखाउछ ।

नेपाली कांग्रेस त्यस्तो पार्टी हो जहाँ आफ्नो आन्तरिक प्रतिस्पर्धामा देखिएको रिस समेत नेताहरुले चुनावमा देखाउने गरेका छन । कांग्रेस बाट मेयरमा उठेका नेता बस्नेतलाई पार्टी भित्रैबाट असयोग भएको चर्चा उक्त निर्वाचन पश्चात आएको थियो । र अब हुने निर्वाचनमा पनि त्यो सम्भावना छ । त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसबाट वसन्त बस्नेत उठ्दा उपमेयरमा देवी चौधरी उठेकी थिइन भने एमाले बाट मेयरमा वलदेव चौधरी र उपमेयरमा गिता रेग्मी उठेकि थिइन ।

चौधरी समुदायको वाहुल्यता रहेको त्रियुगानगरको मेयरमा एमालेबाट वलदेव चौधरिले जिते भने उपमेयरमा देवी चौधरीले जितिन । यदि दलिय भोट मात्र आएको हुन्थ्यो भने यात एमालेले दुवै पदमा जित्न पर्थ्यो या त कांग्रेसले दुवैमा जित्न पर्थ्यो । यसरी हेर्दा पनि जातिय र सम्प्रदायिक मत आएको स्पष्ट हुन्छ ।

त्रियुगा नगरापालिका भरिकै मतदाता रहेको प्रदेश निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका अर्का नेता हिमाल कार्की बिजयी भए । तर सोही भुगोलमा मेयरमा कांग्रेसले उपबिजेता हुन पर्यो । किन यस्तो भयो यस्को कारण कांग्रेस पार्टीले खोजेन । तर समग्रमा यस्को कारण मेयरमा उठेका नेता बसन्त बस्नेतलाई पार्टी भित्रैबाट भएको असहयोग र नेता हिमाल कार्कीको प्रतिस्पर्धा मेयरमा जितेका नेता चौधरीको जस्तो सम्प्रदायिक मत आउने उम्मेद्वार नभएको कारण देखिन्थ्यो ।

स्थानीय निर्वाचनमा देशका तीन ठुला पार्टी कांग्रेस माओबादी र एमालेबाट एक एक उम्मेद्वार उठेका थिए । तर प्रदेश निर्वाचन सम्म आइ पुग्दा पहिलो हुने एमाले र तेस्रो हुने माओवादी गठबन्धनबाट एक उम्मेद्वार बनेका थिए । स्थानीय निर्वाचनमा नै पहिलो भएको एमाले र तेस्रो भएको माओवादीको भोट एक हुदा स्वाभाविक रुपमा कांग्रेस दोस्रो हुन पर्ने तर त्यस्को विपरीत कांग्रेस पहिलो भयो । यसरी हेर्दा हिमाल कार्कीलाई दलिय भोट त आयो नै मेयरमा जितेका वलदेव चौधरीले कांग्रेसको भोट काटेको सो साम्प्रदायिक भोट नेता हिमाल कार्कीले पाएको देखिन्छ । यो लेखको दोस्रो तेस्रो भागमा अब हुने स्थानीय निर्वाचनमा मेयरको प्रतिस्पर्धा गर्ने ब्याक्तीहरुको चर्चा, दलिय, साम्प्रदायिक भोट र नोटले आउने भोटको क्रमशः चर्चा गरिनेछ । दोस्रो भाग पड्न यहाँ क्लिक गर्नु होस ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry