नेपाली कांग्रेस उदयपुरले फागुन २९ गते आईतबार देखि एक महिने जागरण अभियान सुरु गर्ने भएको छ ।नेपाली कांग्रेसको केन्द्रिय समितिको निर्णय अनुसार जिल्ला जिल्लामा आगामी चैत २९ गते सम्मको लागि एक महिने जागरण अभियानको कार्यतकालिका अन्तर्गत कांग्रेस उदयपुरले पनि एक महीने जागरण अभियान कार्यक्रम सार्वजनिक गरेको हो ।
केन्द्रले केन्द्रिय सदस्य प्रदिप सुनुवारलाई उदयपुर प्रतिनिधिको रुपमा तोके संगै कांग्रेस उदयपुरको शुक्रबार सम्पन्न बैठकले एक महिने जागरण अभियान तय गरेको हो ।
कांग्रेसले स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै ‘घर घर जाउँ कांग्रेस जिताउ’ अभियान अन्तर्गत आईतबार बाट अभियानको सुरु हुने भएको छ ।
जागरण अभियानको उद्घाटनको लागि नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री विश्वप्रकाश शर्मा उदयपुर आउने भएका छन् । गाईघाट स्थित होटल टाउन हलमा आयोजना गर्न लागिएको जागरण अभियानको उद्घाटनमा नेपाली कांग्रेसले वडा स्तर देखि जिल्ला सम्मका अगुवा कार्यकर्ता, क्रियाशिल सदस्य लगायतलाई सहभागी गराउने नेपाली कांग्रेस उदयपुरले जनाएको छ
कांग्रेसले जागरण अभियानलाई सफल बनाउनका लागि जिल्लाको आठ वटै पालिका स्तरीय कार्यक्रम गर्ने र जिल्लाका ७५ वटै वडामा जिल्लाका प्रतिनिधिहरुलाई जागरण अभियान सफल बनाउनका लागि खटाउने भएको छ ।का
नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीका अनुसार वेलका नगरपालिकामा चैत ५ गते, चौदण्डिगढी नगरपालिकामा ६ गते, ताप्ली गाउँपालिकामा चैत ७ गते, लिम्चुङबुङ गाउँपालिकामा चैत ८ गते, रौतामाई गाउँपालिकामा चैत ९ गते, उदयपुरगढी गाउँपालिकामा चैत १० गते र कटारी नगरपालिकामा चैत ११ गते निर्वाचन लक्षित जागरण अभियान कार्यक्रम संचालन गर्ने छ ।
जिल्लाका ७५ वटै वडालाई लक्षित गरेर संगठन निर्माण तथा अभियानलाई सफल बनाउने अभियान अन्तर्गत बैठकले ७५ वडामा प्रतिनिधि पठाउने भएको छ ।
कांग्रेस उदयपुरले त्रियुगा नगरपालिका वडा नं फिरन खड्का, वडा नं २ राजकुमार राउत, वडा नं ३ मदनराज कटुवाल, वडा नं ४ विजय सिंह, वडा नं ५ तारा राई, वडा नं ६ बलदेव विक, वडा नं ७ विमला सुनुवार, वडा नं ८ महेन्द्र राउत, वडा नं ९ सरिता राई, वडा नं १० महेन्द्र कुमार राई, वडा नं ११ नरेन्द्र थापा, वडा नं १२ तिलक कट्टुवाल, वडा नं १३ नविन कटुवाल, वडा नं १४ एलबि कार्की, वडा नं १५ पुष्प पोख्रेल, वडा नं १६ रोशन कार्कीलाई प्रतिनिधि पठाउने भएको छ ।
त्यसैगरी कटारी नगरपालिकाको वडा नं १ सरस्वती ढुंगाना, वडा नं २ साङदोर्जे लामा, वडा नं ३ रामकुमार खत्री, वडा नं ४ कृष्ण श्रेष्ठ, वडा नं ५ बालकुमारी तामाङ, वडा नं ६ दिनेश बहादुर कटुवाल, वडा नं ७ ज्ञानेन्द्र खड्का, वडा नं ८ त्रिभुवन दाहाल, वडा नं ९ दुर्गा खपाङगी, वडा नं १० पुस्कर खड्का, वडा नं ११ ज्ञान बहादुर वानिया, वडा नं १२ मा सुदिप बराल, वडा नं १३ अशोक श्रेष्ठ र १४ मा बुद्धि कट्टेललाई पठाउने निर्णय गरेको छ ।
यस्तै उदयपुरगढी गाउँपालिकाको वडा नं १ चन्द्रमणी गुरागाई, वडा नं २ केदार रोका, वडा नं ३ सन्तोष केसी, वडा नं ४ गणेश पुरी, वडा नं ५ विमा राई, वडा नं ६ हिराकुमारी कार्की, वडा नं ७ सिताराम गिरी र वडा नं ८ मा जीत बहादुर खड्कालाई प्रतिनिधि तोकेको छ ।
त्यसैगरी ताप्ली गाउँपालिकाको वडा नं १ मोहनसिंह ठकुरी, वडा नं २ माधव रास्कोटी, वडा नं ३ तेज प्रसाद गिरी, वडा नं ४ जन्मजय राई र ५वडा नं मा धनाकुमारी मगर लाई प्रतिनिधि तोकेको छ ।
यता लिम्चुङबुङ गाउँपालिका वडा नं १ जयराम राई, वडा नं २ मोहनशेर राई, वडा नं ३ पुष्पलाल राई, वडा नं ४ मल्ला राई र वडा नं ५ मा रमिला राईलाई प्रतिनिधि तोकेको छ ।
यता रौतामाई गाउँपालिकाको वडा नं १ धर्म तामाङ, वडा नं २ बासु खड्का, वडा नं ३ रविन्द्र खत्री, वडा नं ४ धनकुमारी मगर, वडा नं ५ भुपेन्द्र बहादुर थापा, वडा नं ६ विरेन्द्र राई, वडा नं ७ टेक बहादुर दाहाल र वडा नं ८ मा अनिल कार्कीलाई तोकेको छ ।
यता वेलका नगरपालिकाको वडा नं १ महेन्द्र चौधरी, वडा नं २ लवराज अधिकारी, वडा नं ३ रिता चौधरी, वडा नं ४ जनक कार्की, वडा नं ५ पदम खड्का, वडा नं ६ मौसम राई, वडा नं ७ दिपेन राई, ८वडा नं दिपकेसर राई र वडा नं ९ मा तीर्थ गौतमलाई प्रतिनिधि तोकेको छ ।
यता चौदण्डिगढी नगरपालिकाको वडा नं १ प्रेम अधिकारी, वडा नं २ गिता फुयल, वडा नं ३ बासुदेव राई, वडा नं ४ सन्तोष राई, वडा नं ५ दिनेश खतिवडा, वडा नं ६ केदार केसी, वडा नं ७ सुसिल सेढाई, वडा नं ८ पवन कार्की, वडा नं ९ भोगेन्द्र चौधरी र वडा नं १० मा ज्ञानेन्द्र प्रधानलाई जिल्लाले प्रतिनिधि तोकेको नेपाली कांग्रेस उदयपुरले जनाएको छ ।