उदयपुर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा गठबन्धन नहुने बताएका छन् ।
कांग्रेसले देशव्यापी रुपमा सुरु गर्न लागेको एक महिने जागरण अभियान ‘घर घर जाउँ कांग्रेस जिताउ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले स्थानीय तहको सहमति र आवश्यकता बिना गठबन्धन नहुने बताएका हुन् ।
महामन्त्री शर्माले गठबन्धन स्थानीय स्तरको आबस्यकता अनुसार मात्र बन्ने कुरा ढुक्क हुन आग्रह गरे । उनले भने, ” स्थानीय तहको आबस्यकता अनुसार केन्द्र बाट खटिएका प्रतिनिधि र स्थानीय तहको आबस्यकता अनुसार र सुझाव अनुसार गठबन्धन हुन्छ, जनकपुरमा गठबन्धन भए उदयपुरमा पनि गठबन्धन हुने कुराको भ्रममा नरहनुस, जहाँ आबस्यकता छ त्यहाँ गठनबन्धन हुनसक्छ तर सबै ठाउँ केन्द्रको निर्णय स्वीकार्य हुँदैन ।”
“कांग्रेस रुख छापमा भोट हाल्नुस भन्न मात्र हैन कांग्रेस जनताले पाएको अधिकारलाई प्रयोग गर्नुहोस भन्न पनि घर घर जाँदैछ ।” महामन्त्री शर्माले भने, “नेपाली काँग्रेसले गरेका राम्रा कामको प्रचार प्रसार र देशलाई समृद्धिको बाटोमा हिँडाउन कांग्रेसको आबस्यकता बुझाउन पनि जनताको घरघरमा जाँदैछ ।”
कम्युनिस्ट नेताहरूले दोहोर चरित्र देखाउँदा एमसीसी परियोजनाका विषयमा देश दुई धारमा विभाजित भएको शर्माले बताए ।
एमसीसी पास भए यहाँ अमेरिकी सेना आउने भ्रम कम्युनिष्ट हरुले आफ्नो राजनीतिक रोटी सेकाउन निकालेको मुद्धा भएको बताउँदै महामन्त्री शर्माले भने, । “यदि एमसीसीका कारण एउटा पनि अमेरिकी सेना नेपाल आयो भने कांग्रेसलाई भोट नै नहाल्नुस ।”
कम्युनिस्ट हरुले आफूलाई राष्ट्रबादी देखाउन झुटो प्रचार गर्ने गरेको बताए । “काठमाण्डौमा रहेको अन्तराष्ट्रिय विमान स्थल बनाउदा पनि कम्युनिस्टहरुले भारतीय सेना आउने भनेर विरोध गरे तर अन्तराष्ट्रिय विमानस्थल बनेको ६ दशक बित्यो भारतीय आएको छैन ।” शर्माले भने, ” कम्युनिस्टहरु आफूलाई राष्ट्रबादी देखाउन अरूको विरोध र सत्तोसराप गर्छन् तर कांग्रेस देखावटी राष्ट्रवादमा नभएर देशभक्तिमा विश्वास गर्छ र कर्मले देशभक्ति देखाउँछ ।”
एमसीसीका कारण अमेरिकी सेना नेपाल आउने नभएर श्रम गर्न वैदेशिक रोजगारीमा गएका नेपालीहरु भने नेपाल फर्किने प्रष्ट पारे । उनले भने “हामी वैदेशिक रोजगारीको नाममा मान्छे बेचेका बेच्यै छौँ, यसले देश समृद्ध बनेन, त्यसैले मान्छे बेच्ने कुरा कांग्रेसले रोक्न चाहेको हो । कांग्रेस मान्छे बेचेर होइन, बिजुली बेचेर देशको विकास गर्न चाहन्छ।”