केन्द्रले जस्तै प्रदेशले पनि खटायो जिल्ला जिल्लामा प्रतिनिधि (को कहाँ हेर्नुहोस)

Logo
मंगलबार, चैत्र ०१, २०७८

उदयपुर । नेपाली कांग्रेस १ नं. प्रदेश कार्य समितिले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै प्रदेश सदस्यहरुलाई १४ जिल्लामा प्रतिनिधिका रुपमा खटाएको छ।

प्रदेश पदाधिकारीको तेश्रो वैठकले ‘घर–घर जाऔ, कांग्रेस जिताऔं’ अभियानलाई थप शसक्त र प्रभावकारी बनाउन प्रदेश सदस्यहरुलाई १ नं प्रदेशका १४ जिल्लामा प्रतिनिधि खटाएको हो।

शनिबार बिराटनगरमा बसेको पदाधिकारी बैठकले खोटाङका लागि सविता राई र सुमन परियार लाई प्रतिनिधिको रुपमा खटाएको छ । यस्तै सोलुखुम्बुका लागि कुमार लुईटेल र टेकेन्द्र काम्बाङ, ओखलढुङका लागि जितेन्द्र सिं ठकुरी र गान्धी माया तामाङ, उदयपुरका लागि केसर वस्नेत र दिनानाथ आचार्यलाई प्रतिनिधिका रुपमा खटाएको नेपाली कांग्रेस १ नं. प्रदेशका सहमहामन्त्री बिनोद बस्नेतले जानकारी दिए ।

सुनसरीका लागि सुनिता घिमिरे र उत्तम चौलागाँई, मोरङका लागि लक्ष्मी चौधरी र रेगिना भट्टराई, धनकुटाका लागि सुर्य राई (सुरज)र अन्जना राई, संखुवासभाका लागि कैलाश आले र निर्मला खड्का, तेहथुमका लागि निविन किशोर शाक्य र रामकुमार थापालाई प्रतिनिधि पठाईएको सहमहामन्त्री बस्नेतले बताए।

नेता बस्नेतका अनुसार भोजपुरका लागि विमला राई र लोकेन्द्र राई, झापाका लागि नन्दकुमार नेम्वाङ र राजेश गुप्ता, इलामका लागि हुकम सिं राई र फूलवती राजवंशी, पांचथरका लागि गोविन्द गिरी र हरिकला श्रेष्ठ र ताप्लेजुङका लागि देवित्रा आङदेम्वे र राजेन्द्र घलेलाई प्रतिनिधि खटाईएको छ।

यस अघि केन्द्रले देशभरका ७७ जिल्लामा प्रतिनिधि खटाइसकेको छ । केन्द्रबाट आउने प्रतिनिधिसंगै रहेर जिल्लामा आगामी चुनावका लागि रणनीति बनाउने जनताका घर घर पुगेर सरकारले गरेका कामको प्रचार प्रसार गर्ने लगाएतका जिम्मेवारी प्रतिनिधिलाई दिइएको सहमहामन्त्री बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry