प्रेस युनियन केही साथीहरु लगाएत कांग्रेसका नेताहरु कांग्रेसका नेता बसन्त बस्नेतको घरमा बसेर सामान्य राजनीतिक गफगाफ र छलफल गर्दै थियौं । त्यसै बेला हतासमा शरीर भरी पसिना बोकेर एक जना ब्यक्ती त्यहाँ आए । “सबैलाई नमस्कार, यो वसन्त बस्नेतको घर हैन ?” ती ब्यक्तिले एकै सासमा सोधे । हामीले नमस्कार समेत फर्काउन नपाई उनले गरेको प्रश्नले हामी सबै उनै तिर केन्द्रित भयौं ।
ती ब्याक्तीले वसन्त बस्नेतलाई चिनेका पनि रहेनछन । “हो बस्नुस न” एक जना नेबिसँघका विद्यार्थी भाईले उनलाई कुर्सी देखाउदै भने । त्यहाँ बसेका मध्य उनलाई वसन्त बस्नेतको नाम थाहा थियो तर चिनेका रहेनछन अरुको त नाम समेत थाहा रहेन छ । तिनै विद्यार्थी भाईले नेता बस्नेत तर्फ देखाउदै “उहाँ नै हो बसन्त दाई” । पुन: ती ब्यक्तिले बस्नेतलाई नमस्कार गरे ।
उनको नमस्कारलाई फर्काउदै बस्नेतले नमस्कार फर्काए । “अ भन्नुत किन खोज्नु भएको मलाई ?” उन्लाई नेता बस्नेतले सोधे । ” हजुर दु:ख दिए, आफ्नो नामको जग्गा अर्कैले बेची दिएछ ।” उत्तर दिदै भनेका लगभग ६० बर्ष उमेर पुगेका ती ब्याक्तीको अनुहारमा रिस स्पष्ट देखिन्थ्यो । “तपाईं मलाई सम्झिएर आउनु भयो कहाँ बाट आउनु भएको हो थाहा छैन,……यदि तपाइँले भने जस्तो….कसैले तपाइँको जग्गा….. तपाईंको जानकारी बिना बेचेको हो भने तपाईंको मुद्धा मेरो भयो तपाईं ढुक्क हुनुस न्याय म दिलाउछु ।” नेता वसन्त बस्नेतले उनलाई बिश्वास दिलाउदै भने ।
न्यायका लागि भौतारियका ती अपरिचित ब्यक्तिका लागि वसन्त बस्नेतले काँध थापेको देख्दा लाग्थ्यो हाम्रो देशमा राजनीतिमा लागेका ब्याक्ती भ्रष्टाचारी र कमिसनखोरी मात्र छैनन सच्चा जनताको लागि राजनीति गर्ने पनि छन । जो औंलामा सजिलै गन्न सकिन्छ ।
काम बिशेषले म मालपोत कार्यलय पुगेको थिए । उदयपुरका बढी भिडभाड हुने कार्यलय मालपोत, जिल्ला अदालत र जिल्ला प्रशासन लाइनै एकै ठाउँमा छन । म मालपोत गेटबाट छिर्नै लागेको थिए नेता वसन्त बस्नेतलाई जिल्ला प्रशासन कार्यलयको गेटमा देखे । भेट्न मन लाग्यो । “दाइ के को लागि?” भनेर सोधे । “भाई काम छैन घरमा बसेर यहाँ गाउँबाट नागरिकता बनाउन अदालतमा मालपोतमा काम लिएर आउने सोझा साझा जनताको काममा येसो आएर सहजीकरण गरिदिन्छु अरु के छ र ।” उहाँले दिएको उत्तरमा जनता प्रती समर्पण देखिन्थ्यो ।
कोरोनाको महामारीले बिश्व लकडाउनको सास्ती खेपी रहेको थियो । एकै पटक उदयपुरको सदरमुकाम नजिक भुल्केमा १३ जनामा कोरोना संक्रमण देखियो । सदरमुकाम नजिक एकै पटक १३ जनामा कोरोना संक्रमण देखिएपछि उक्त स्थान शिल गरियो । सदरमुकाम गाइघाट सहित आशपासमा कर्फ्यु समान लकडाउन भयो । साना देखि ठुला पसल ठप्प भए । कोरोनाको त्रासले एकले छुएको समान अर्कोले नछुने भयो । पैसा समेत नलिने भए । खाना पकाउने ग्यास देखि खाद्यान्नको चर्को अभाव भयो । दैनिक ज्याला मजदुरी गरि खानेहरुका घरमा चुल्हो बल्न छाड्यो ।
त्यस्तो समयमा त्रियुगा उद्योग बाणिज्य सँघका तत्कालिन अध्यक्ष गजेन्द्र भगत सहित अन्य ब्यापार ब्याबसायीहरुसँग सहकार्य गरि खाना पकाउने ग्यास देखि दैनिक ज्याला मजदुरी गरि खानेहरुका लागि खाद्यान्न आपूर्ति लगाएत खाद्यान्न अभाव हुनेले घरैमा आएर चाहिए जति लैजान उद्घोष गरे र आपूर्ति पनि गराए ।
आज सम्म लाभको पदमा नपुगेका वसन्त बस्नेतले गरेका प्रतिनिधि घटना मात्र हुन । जनताका प्रतिनिधिले उपेक्षा गरेका नागरिकलाई अग्रपंक्तिमा रहेर उनिहरुको बिश्वास र हौसला बढाउनु वसन्त बस्नेतको दैनिकी बनेको उन्लाई नजिक बाट चिनेका नागरिक बताउछन ।
स्थानीय निर्वाचनमा जनताले भोट गर्ने भनेको पर्दामा देखिने ब्याक्ती अर्को भएपनि त्यस भित्र आफुले आफैलाई मतदान गरिरहेको हुन्छ । आफ्नो दु:ख-सुखमा साथ दिने ब्याक्तिलाई आफ्नो शाशक बनाउने हो या नाताबाद कृपाबाद वा आफ्नो सम्प्रदायका मानिसलाई मात्र संरक्षण गर्ने ब्यक्तिलाई शाशक चुन्ने भन्ने बिषयमा भोट हाल्न लाइनमा लाग्दा गम्भीर भएर आत्म समिक्षा गर्न जरुरी छ ।