काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको घोषणापत्र लेख्ने जिम्मेवारी दिएको छ ।
सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको म्याण्डेटअनुसार स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री थापालाई दिएका हुन्।
बिषय बस्तुको राम्रो अध्ययन गरेर तथ्यमा टेकेर लेख्ने बोल्ने महामन्त्री थापाको घोषणापत्रले आम नागरिकको भावनालाई समेट्ने बिश्वास लिइएको छ ।