उदयपुर । नेकपा (एमाले) कटारीले कटारी नगरपालिका प्रमुखमा २९ वर्षीय युवा जिवनाथ दाहालको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको एमालेको नगर कमिटि बैठकले पालिका प्रमुखका लागि २९ वर्षीय दाहाल सहित छ जनाको नाम सिफारिस गरेको हो ।
दाहाल हाल प्रत्रकारिता पेशा गर्दै छन भने प्रेस चौतारी उदयपुरका अध्यक्ष पनि हुन ।
विद्यार्थी राजनीतिमा सक्रिय हुँदै उनी स्थानिय रुपमा सामाजिक क्षेत्रमा समेत सकृय छ्न । गरिव असाहय र दिन दुखि हरुलाई सहयोग गर्दै आएका दाहाल अहिले अहिले अनेरास्ववियुको केन्द्रीय सदस्य छन् ।