उदयपुर । उदयपुरमा आज (बिहिवार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
मुख्य निर्वाचन अधिकृत दिपक खनाल प्रमुख, जिल्ला अधिकारी विरेन्द्र कुमार यादव लगाएत सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।
जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेस्थित पशु सेवा कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको छ ।
मुख्या निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसंगै आजबाट सो कार्यालयले उदयपुर भरिका पालिकाको निर्वाचन सम्बन्धी समन्वय गर्ने छ । त्रियुगा नगरपालिकाको निर्वाचनमा समेत यसै कार्यालयले गराउने छ ।
कार्यालय स्थापना भएसंगै बिहीबारबाट औपचारिकरुपमा निर्वाचन सम्बन्धि कार्यक्रम सम्बन्धित कार्यालयबाट सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत, अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी, कम्प्युटर अपरेटर गरेर १–१ जना कर्मचारी नियुक्त गरिने छ । निर्वाचन अधिकृतको कार्यालयमा पनि सहायक निर्वाचन अधिकृत, लेखा अधिकृत, सहायक कर्मचारी १–१ तथा कार्यालय सहयोगी दुई जना नियुक्त गरिने छ ।
जिल्लाका बाँकी सात पालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय वैशाख ९ गते भित्र स्थापना गरिसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवका अनुसार मुख्यसहित सबै निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ ।