उदयपुर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा देशभर विभिन्न दलहरु गठबन्धन गरेर चुनावमा होमिएका छन । उदयपुरको त्रियुगा नगरपालिकामा भने अलग्ग किसिमको गठबन्धन देखिएको छ ।
यहाँ नेकपा एकीकृत समाजबादी र माओवादीले संयुक्त गठबन्धन गरेका छन । नेकपा एस र समाजवादीले गरेको गठबन्धनमा दुई पार्टीका नेता दुई तिर फर्केको देखिन्छन ।
बैशाख २४ गते त्रियुगा नगरपालिका वडा नं १२ मा चुनावीसभा गरेको गठबन्धनले सभामा सम्बोधन गर्दा नेकपा माओवादीका नेता किरण राइले गठबन्धनका लागि भन्दा पनि कांग्रेसलाई भोट मागेको सुनिन्थ्यो ।
उनले १२ नं मा भएको आमसभालाई सम्बोधन गर्दै अगिल्लो सरकारले १२ नं मा केही नगरेको भन्दै चर्को स्वरमा भाषण गर्दा वलदेव चौधरी छेउमा बसेर ताली पिटि रहेका थिए ।
अगिल्लो स्थानीय सरकारको प्रमुख भएर ५ बर्षे कार्यकाल चलाएर १२ नं लाई उपेक्षा गरि पुर्वाधार बिकाश क्षेत्रमा माखो समेत मारेका थिएनन । वडामा एमालेले जितेको भएर एमालेलाई प्रहार गरेको भए पनि नगर प्रमुखको नाताले वलदेव पनि त्यस दोषको मतियार हुन ।
यस्तै त्यहीँ आमसभामा वलदेव चौधरी थारुको छोरा भुमी पुत्र भन्दा सिठी समेत बजेर जय जय कार गरिएको थियो । जातिय नारा लगाउदा वलदेवको जयजयकार हुनु भनेको उनले जातिय सम्प्रदायिक राजनीति गर्दैछन र जातिय मत माग्दै छन भन्ने स्पस्ट बुझ्न सकिन्थ्यो ।