उदयपुर : त्रियुगा नगरपालिकाको डिएम गेट पुरानो गाइघाट सडकको कालोपत्रे हुँदै गरेको काम रोकिएको छ ।
नेकपा एसबाट नगरको उम्मेद्वार बनेका वलदेव चौधरीले त्यहीँ सडकलाई देखाएर मतदाता प्रभावित पारेको आरोप लागे पछि सडकको काम बन्द भएको हो ।
झन्डै एक बर्ष अगावै ठेक्का टेन्डर लागेको भए पनि झुलाएर राखेर चौधरीले चुनावको मुखैमा मतदाता प्रभावित पार्ने गरि काम गराएका कारण सडक निर्माणकार्य रोकिएको हो ।
वडा नं १२ मा निर्वाचनको आचारसंहिता पश्चात पनि मतदाता प्रभावित बनाउन वलदेव चौधरीले विभिन्न भित्री सडकहरुमा ग्राभेल समेत लगाउदै राती राती डोजर लगाएर काम गराएका छन ।
यस अघिको निर्वाचनमा नेकपा एमालेबाट वडामा बिजयी बनेका जय बिक्रम राई लगायत वडाका अन्य अध्यक्ष सहितका उम्मेद्वारको टिम समेत सो सडक देखाएर मतदाता प्रभावित बनाउन खोजेको आरोप लाग्दै आएको छ ।