उदयपुर । ५४७.४३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको त्रियुगा नगरपालिकामा एक लाख बढी मानिसहरु बसोबास गर्दछन । हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर रौतामाई बाट सिंचित यस पवित्र भुमिमा पुर्ण रुपमा सेवाको भावाना लिएर यहाँका ६० हजार ६ सय ५७ मत दिन योग्य नागरिकहरुबाट अनुमोदित हुन नेपाली कांग्रेसका वसन्त बस्नेत आम नागरिकका घर घर पुगिरहेका छन ।
स्थानीय निर्वाचन २०७४ मा एमालेका उम्मेद्वार वलदेव चौधरीले भन्दा ७३ मतले पछि परे पछि जनताको मन र मत जित्न भोलि पल्टै देखि लागि परेका बस्नेतले यो ५ बर्षे अवधीमा घाम पानी, भोक प्यास नभनी ज्यान समेत दाउमा लगाएर जनताको सेवामा आफुलाई समर्पित गरे ।
जनताका हरेक सुखदुःखमा साथी बनेर उनिहरुकै साथमा रमाए । कोरोनाको कहरमा होस वा प्राकृतिक बिपत्तिमा वसन्त बस्नेत जहिले जनताका घर घर गए । जहाँ समस्या त्यहाँ वसन्त भने जसरी आफुलाई गरिव असाहयको सारथि बनाए ।
जनता बाट निर्वाचित मेयर शासक बन्दा नेता बस्नेत जनताका सेवक बनेर जनता माझ पुगे । बिश्वभर कोरोना संक्रमणले ल्याएको भोकमरीमा परेका हरुको गाँस र सास बने ।
आगलागी, बाढी पहिरो जस्ता प्राकृतिक बिपत्तिमा उनी पहिले पुगे र उनिहरुको उद्धारका लागि राहतको ब्याबस्था गरे । मत दिएका आफ्ना प्रतिनिधि शासक बने पछि आम नागरिकको विपत्तिमा पर्दा साथ दिने एक मात्र नाम वसन्त बस्नेत बनेको छ ।
कोरोना बाट प्रभावित २८ सय घर परिवारलाई खाद्यान्न बितरण गरेका नेता बस्नेतले प्राकृतिक बिपत्तिलाई दीर्घकालीन रुपमा रोक्न आफू लाभको पदमा नपुगे पनि विभिन्न माध्यमबाट आबस्यक बजेटको प्रबन्ध गरि नदिको कटान रोक्न तटबन्द गरेर नदि नियन्त्रणलाई दीर्घकालीन बनाए ।
जोगिदको कंग खोला, सनुवाको लुवाले खोला, सनुवाको सुक्लाई खोला र देउरीको खैजरी खोलामा बाँध बांधेर सय कडौ खेतीयोग्य जमिनलाई कटानबाट जोगाए र सयौं घर परिवारलाई आनन्दको निद्रामा सुत्ने वातावरण बनाइदिए ।
सामाजिक सँगै धार्मिक क्षेत्रमा पनि उतिकै तल्लिन नेता बस्नेतले ढिम्की मन्दिरलाई पुनः निर्माण, ढिम्कि मन्दिर नजिक एसियाकै ठूलो शिवलिङ्ग स्थापना, खाट मन्दिर लगायत अन्य जातजातिहरुका आस्थाका मठ मन्दिरहरु निर्माणमा अहोरात्र खटेका छन ।
भुकम्प बाट प्रभावित भएको बाग चौरी बिद्यालयलाई पुनः निर्माण गरि सयौं वालवालिकाहरुको शिक्षाको ज्योतिमा एउटा भए पनि किरण थपी दिने काम गरेका छन । ३० गते हुने स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका वसन्त बस्नेतले मेयर जिते पछि उदयपुरलाई स्वास्थ्य क्षेत्रमा ठूलो बिकास गर्ने इच्छा राखेका छन । मेडिकल कलेज खोल्ने देखि मृगौलाको डायलासिस सेन्टर स्थापना गर्ने बसन्तको चाहानालाई कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो चाहाना भएको र त्यो पूरा गर्न आफू कुनै कसर बाकी नराख्ने वचन बद्धता दिएका छन ।