आचारसंहिता उलंघन गरेको भनेर आएका दुई घटनाको चिरफार

Logo
बिहिबार, बैशाख २९, २०७९

उदयपुर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि बैशाख २७ गतेको राती १२ बजे बाट मौन अवधी सुरु भएको छ । मौन अवधीमा के गर्न हुने के नहुने भनेर निर्वाचन आचार संहितामा स्पष्ट खुलाइएको छ । मौन अवधी सिर्प उम्मेद्वार र राजनीतिक पार्टीहरुका लागि मात्र हैन । हरेक नागरिक र मतदाताले यो मौन अवधिलाई पुर्ण पालाना गर्नु पर्दछ ।

मौन अवधिको पहिलो दिन गाइघाटमा दुईटा घटना बाहिरिय । एक नेपाली कांग्रेसका परराष्ट्र मन्त्रीले मौन अवधिमा भोट मागेको र अर्को मुस्लिम समुदायमा कुखुरा बितरण गरेको भनेर ।

यस बिषयमा तथ्य पत्ता लगाउन सोलुसन खवर टिम सम्बन्धित स्थानमा पुग्यो र खोजी गर्यो । खोजी गर्दा डां नारायण खड्का वडा नं ६ का वडा अध्यक्षका उम्मेद्वारको घरमा पारिवारिक भेटका लागि पुगेको पाइयो ।

वडा अध्यक्षका उम्मेदवारलाई भेट गर्न जाने क्रममा नजिकै मुस्लिम समुदायका केहिले भेट्ने इच्छा जाहेर गरे पछि बाटोम उत्रिएर भेटका लागि जाने क्रममा एमाले कार्यकर्ताले अवरोध गरेका थिए । सोही कुरालाई भ्रामिक बनाएर भोट मागेको माग्न गएको भनेर प्रचार प्रसार गरियो र सरकारका परराष्ट्र मन्त्रीलाई विवादमा ल्याउने काम भयो ।

अर्को घटना त्रियुगा नगरपालिकाको डिएमगेट एरियामा मुस्लिम समुदायमा कांग्रेसले कुखुरा बितरण गरेको बिषय थियो । उदयपुरबाट संचालनमा आएका नागरिक बहस र खुलासा अनलाइन पत्रीकाले जनाए अनुसार कुखुरा बेच्ने किन्ने सबै संग सोलुसन खबर टिमले भेट गरेर यसको तथ्य पत्ता लगाएको छ ।

दुई अनलाइनले समाचारमा लेखे अनुसार ६० कुखुरा दाउद अलिले किनेको देखियो । समाचारमा जनाए अनुसार कांग्रेसका उम्मेदवार दिलशेर अलिमियालाई कुखुराको बारेमा बुझ्दा आफुलाई यस बारे कुनै जानकारी नभएको बताए । र उक्त घटनाको समय उनी त्यो एरियामा समेत नरहेको बताए ।

कुखुरा बेच्ने बिक्रेता कहाँ गएर बुझ्दा दाउदले कुखुरा किनेको तर के प्रयोजनका लागि भन्ने बिषयमा थाहा नभएको बताए । यस पछि दाउदलाई भेट्न उन्कै निवास पुगेको सोलुसन खबरको टिमलाई दाउदले आफ्नो बुवाको बार्षिकीको अवसरमा आफ्ना समुदायलाई कुखुरा बितरण गरेको बताए ।

निर्वाचनको मुखमा भोज भतेर गर्दा यस्तै बिवाद आउने हुदा बरु आफन्तलाई एक एक कुखुरा दिएर बुवाको पुण्य तिथिमा पित्रीलाई सम्झिएको दाउदले बताए ।

दाउदले भने अनुसार कुखुरा आफ्नै बुवाको पुण्य तिथिमा बितरण गरिएको हो वा अनलाइनले जनाए अनुसार कांग्रेसले बितरण गरेको प्रहरिले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry