उदयपुर । कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका वसन्त कुमार बस्नेतले पदभार ग्रहण लगत्तै २ वटा महत्वपूर्ण निर्णय गरेका छन् । उनका २ निर्णयमा सामाजिक सुरक्षा भत्ता बितरणमा सहजता र स्वास्थ्य विमा गराउदा अशक्त असाहायहरुलाई अनुदान दिने रहेका छन ।
जेठ १८ गते त्रियुगा नगरपालिकाको पद तथा गोपनियताको सफथ पश्चात आफ्नो पदभार ग्रहण गर्दै नगर प्रमुख बस्नेतले महत्वपूर्ण २ निर्णय गरि जनताका समस्यालाई सम्बोधन गर्ने कार्यको सुरुवात गरेका छन ।
असाहाय र अशक्तहरुको सारथी बनेर उनिहरुका दु:खमा साथ दिदै त्रियुगा नगरपालिकाको प्रमुखमा बिजयी बनेका नगर प्रमुख बस्नेतको पहिलो निर्णयले आम नगरवासिमा उत्साह छाएको छ ।
उनले पदभार ग्रहण गर्न साथ ५० प्रतीशत अनुदानमा गरिव, असाहाय र सिमान्तकृत हरुको स्वास्थ्य बिमा गरिदिने निर्णय गरेका छन । नगरपालिका भरिका वडाबाट स्वास्थ्य बिमा बाट बिमुख भई औषधी उपचार गर्न बाट बन्चित भएका हरुको पहिचान गरि वडाबाट सिफारिस भएका हरुको लागि स्वास्थ्य बिमा गरिदिने उनले गरेको निर्णयमा उल्लेख छ ।
यस्तै दोस्रो निर्णयमा नगरपालिका भरिका सामाजिक सुरक्षा भत्ता लिदै आएका अशक्त, अपाङ्ग र बृद्धबृद्धाहरुको सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत बितरण गर्दै आइएकोमा बैंकहरु सँग समन्वय गरि वडाबाटै बितरण गर्ने निर्णय भएको छ ।
आफ्नो पदभार ग्रहण गर्दै नगर प्रमुख बस्नेतले नगरपालिकाका सम्पुर्ण जनताले गर्व गर्ने गरि आफुले काम गरेर देखाउने प्रतिबद्धता ब्याक्त गरे । उनले भने “मलाई यस नगरका जनताले नगरको अभिभावक बनाएर पठाउनु भएको छ, म आफ्नो कर्तब्यबाट कहिले बिमुख हुदिन र उहाँहरुको बिश्वासलाई कमि हुन दिन्न ।”