उदयपुर । त्रियुगा नगरपालिका वडा नं ४ का नव–निर्वाचित वडाअध्यक्ष बद्री बस्नेतले महत्वपूर्ण दुई निर्णय गर्दै जेठ १८ गते बुधबार आफ्नो पदभार ग्रहण गरेका छन ।
नगर प्रमुख बसन्त कुमार बस्नेतबाट सपथ ग्रहण गरे पश्चात वडाअध्यक्ष बस्नेतले वडा कार्यालयमा आफ्नो पदभार ग्रहण गर्दै वडा नं ४ का मतदाताहरुले उत्साहपूर्वक सहभागिता जनाई निर्वाचित गराउनु भएकोमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दै आम मतदाता तथा वडाबासीहरुको अपेक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
यस्तै वडा भित्रका प्रसुती अवस्थाका महिला हरुलाई अस्पताल सम्म पुर्याउन र ल्याउन निःशुल्क एम्बुलेन्सको ब्याबस्थ गर्ने निर्णय गरेको वडा अध्यक्ष बस्नेतले जानकारी दिए ।