उदयपुर । त्रियुगा नगरपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एनाले र माओवादी केन्द्रले गठबन्धन गरेर मनोनयन दर्ता गराएका छन ।
निर्वाचित ५ महिला सदस्य र ३ अन्य गरेर ८ जनाको प्रतिस्पर्धा हुने निर्वाचनमा नेकपा एमालेले ४ र माओवादी केन्द्रले ४ गरि गठबन्धन गरेर मनोनयन दर्ता गराएका हुन ।
१६ वडा रहेको त्रियुगा नगरमा मेयर उपमेयर सहित ८२ मत छन । जसमा नेपाली कांग्रेस बाट ४२ जना बिजय भएका छन । नेकपा एमालेबाट २४ र माओवादीबाट १५ र एकीकृत समाजबादीबाट १ बिजयी भएका छन ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार संबिधानले निर्दिष्ट गरेको कोटामा नेपाली कांग्रेसबाट गुणराज दनुवार, बलदेव विश्वकर्मा र बालोप्रसाद भगतले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी एमालेबाट डिल्लीसेर राई माओवादी केन्द्रबाट प्रलाद कुमार विश्वकर्मा र विमल राईले उम्मेदवारी दर्ता गराएका छन् ।
यता निर्वाचित भएका ५ महिला सदस्यहबाट कार्यपालिकाको लागि नेपाली कांग्रेसबाट अनिता थापा, गोमाकुमारी राउत, भलमाया मगर, विमला राई र मिरा विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
यता एमालेबाट रेणुका श्रेष्ठ, सुनिता गजमेर, गीताकुमारी उप्रेतीले उम्मेदवारी दर्ता गराएका छन् भने माओवादी केन्द्रका कुन्ति परियार, रेखा थापामगरले उम्मेदवारी दर्ता गराएको साहयक निर्वाचन अधिकृत दिलिप मगरले जानकारी दिए ।