

उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले धरान उपमहानगरपालिकाको पानमारामा रहेको फोहोर प्रसोधन केन्द्रको अबलोकन गरेका छन ।
मेयर बस्नेत संगै नगरका वडा अध्यक्षहरु सुमन्त कोईराला र उद्धव थापा सहितको टोलिले फोहोर प्रशोधन केन्द्रको अवलोकन गरेका हुन ।
नगरका क्रियाशिल युवाहरु सहित धरान पुगेका प्रमुख बस्नेतले त्रियुगाको फोहोर ब्याबस्थापनलाई प्राथमिकतामा राखेका छन ।
त्रियुगा नगरपालिकाको फोहोर ब्यावस्थापन गर्न चुनौतीपूर्ण देखिदै गएको अवस्थामा पानमारामा रहेको फोहोर प्रसोधन केन्द्रको अवलोकनले त्रियुगामा समेत त्यस्तो योजना नगर प्रमुखले बनाएको बुझिएको छ ।
विकसित शहरहरुमा फोहोर ब्याबस्थापन चुनौतीपूर्ण हुँदै गएको अवस्थामा त्रियुगाका मेयर भने यस्मा सचेत देखिएका छन । आफ्नो नीति तथा कार्यक्रममा समेत फोहोर ब्याबस्थापनलाई प्राथमिकता दिएका मेयर बस्नेतले त्रियुगा नगरलाई उत्कृष्ट नगरको रुपमा बिकाश गर्ने बताए ।
आफ्नो घोषणा पत्रमा त्रियुगामा एक मेडिकल कलेजको स्थापना गर्ने उल्लेख गरेका मेयर बस्नेतले प्रदेश १ का मन्त्रीहरु सँग मेडिकल कलेज स्थापनाको लागि छलफल तथा परामर्श गरेका छन ।