उदयपुरको एकै पालिकाको बेरुजु रकम ९ करोड बढी

त्रियुगाको बेरुजु रकम ६ करोड बढी
Logo
शनिबार, आषाढ ३२, २०७९

उदयपुर – उदयपुरका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु कारोबार कटारी नगरपालिकामा देखिएको छ। महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा कटारी नगरपालिकाले ९ करोड ५५ लाख ५६ हजार रकमको कारोबार फछ्र्याैट गर्न नसकेको देखिएको छ।

यस्तै त्रियुगा नगरपालिकाको ६ करोड ८२ लाख ९९ हजार रकम बेरुजु देखिएको छ । त्रियुगा नगरपालिकामा कानुनले तोकेको भन्दा बढी सेवा सुबिधा लिएको, दोव्वर सेवा सुबिधा लिएको बिद्यालयमा बिदाको दिन पनि खाजा खर्च र स्यानिटरी प्याड वापतको रकम लिने गरेको, अवकास भई सकेका बिद्यालयका शिक्षकहरुलाई समेत तलव भुक्तान गरेको लगायतका बिषयमा देखिएको बेरुजु रकम फछ्र्याैट नगरेको पाइएको हो ।

यता अर्को नगरपालिका चौदण्डि नगरपालिकाको ३ करोड ९५ लाख १३ हजार रुपैया बेरुजु देखिएको छ भने बेलका नगरपालिकाको ३ करोड ३ लाख ७४ हजार बेरुजु रकम मिलान गर्न बाँकी देखिएको छ ।

सबैभन्दा कम उदयपुरगढी गाउँपालिकाको ४५ लाख ८२ हजार बेरुजु रहेको छ। रौतामाई गाउँपालिकाको १ करोड ४५ लाख ९९ हजार, ताप्लि गाउँपालिकाको १ करोड ७० लाख ३७ हजार बेरुजु देखिएको छ। लिमचुङ्ग्बुङ्ग गाउँपालिकाको बेरुजु रकम २ करोड ८२ लाख ६० हजार रकम फछ्र्याैट हुन बाँकी रहेको महालेखापरीक्षकको कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry