त्रियुगाका ५९ करार कर्मचारीको करार अवधी नथप्दा नगरवासीको नगर प्रमुखलाई बधाई र शुभकामनाको ओइरो, बाँकी अन्य करार कर्मचारीलाई पनि अवधी नथप्न सुझाव

Logo
आइतबार, साउन ०१, २०७९

उदयपुर । त्रियुगा नगरपालिकाले अघिल्लो स्थानीय सरकारले नियुक्त गरेका करारका कर्मचारीको करार अबधी थप नगर्ने निर्णय गरेको छ ।५९ जना पालिका मातहतका करारका कर्मचारीको करार अवधी थप नगर्ने निर्णय गरेको हो।

विगतमा विनास्रोत भर्ना गरेको भन्दै आवश्यक भन्दा बढी कर्मचारी रहदा पालिकालाई ब्यायभार थपिने हुदा नगरपालिकामा कार्यरत कर्मचारी र ज्यालादारीहरुको करार अवधी नथप्ने निर्णय गरेको त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताए ।

पालिकामा कार्यरत करार कर्मचारीहरुको म्याद अर्को सूचना नआउनुजेलसम्म साउन १ गतेदेखि करार अवधी नथप्ने भनी सूचना निकालिएको छ ।

करारका कर्मचारीहरुको नयाँ अवधी लागि करार सम्झौता मापदण्ड २०७८ अनुसार करार अवधी सकिएका करारका कर्मचारी करार अवधी थपेर नगरपालिकालाई आर्थिक व्यायभार पर्ने गरि करार अवधी नथपिएको नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतले बताए ।

करारका कर्मचारीहरुको नयाँ अवधीका लागि करार सम्झौता मापदण्ड २०७८ ले निर्दिष्ट गरे बमोजिम अवधी पुगेका करारका कर्मचारीलाई करार म्याद थप नगर्दा नगरको व्यायभार समेत घट्ने हुदा फेरि पुनः आवश्यकता नपरुन्जेल करार अवधी थप नगरिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बस्नेतले स्पष्ट पारे ।

“चालू तर्फको खर्चलाई कम गर्न पर्ने भएकोले केही आवश्यकता बिनाका कर्मचारीलाई करार अवधी थप नगरेको हो ।” नगर प्रमुख बस्नेतले भने, “विकासे बजेटबाट समेत तलब खुवानुपर्ने भएकाले करारका कर्मचारीहरुको करार अवधी नथपिएको हो ।, फेरि आवश्यकता परे प्रक्रिया पुर्‍याएर कर्मचारी नियुक्त गरिने छ ।”

करारका कर्मचारीको म्याद थप नगरेको बिषयमा अधिकांश नगरपालिकाका सर्वसाधारणले स्वागत गरेका छन । देश आर्थिक शकटमा गएको भनेर विभिन्न समाचार माध्यमहरुमा आएको बेला नगरको आर्थिक व्यायभार कम गर्न करार अवधी थप नगर्नु स्वागत योग्य भएको स्थानीय शुवास भट्टराईले बताए ।

देशलाई आर्थिक संकटबाट बचाउन सरकारले शनिबार र आइतबार बन्द गर्ने घोषणा समेत गर्यो तर त्यो बैज्ञानिक भएन फिर्ता गर्यो तर करारका अनावश्यक कर्मचारी राखेर नगरलाई व्यायभार थप्नुको सट्टा करार अवधी नथप्नु सराहनीय काम भएको स्थानीय बिष्णु कोइरालाले बताए ।

देशका पूर्व प्रधानमन्त्री, मन्त्री लगायत अन्य सरोकारवालाहरुले समेत देश आर्थिक संकटमा परेको बताउदै आएका छन, यस्तो अवस्थामा नगरले आवश्यकता भन्दा बढी कर्मचारीको करार अवधी नथप्नु विवेक पुर्ण काम भएको स्थानीय राम लम्सालले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry