बलात्कारीलाई जोगाउन खोजेको भन्दै अनेरास्ववियु उदयपुरको आपत्ती

Logo
शुक्रबार, साउन १३, २०७९

उदयपुर । बलात्कारीलाई जोगाउन प्रहरी प्रशासन मौन बसेको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आपत्ति जनाएको छ ।

साउन १३ गते शुक्रवार एक बिज्ञप्ति जारी गर्दै अनेरास्ववियुले बलात्कार जस्तो जघन्य अपराधमा उजुरी पर्दा समेत कुनै चासो नदिएर मौन रहदा अपराधीले उन्मुक्ति पाउने भन्दै आपत्ति जनाएको हो ।

अनेरास्ववियु उदयपुरका अध्यक्ष प्रवेश ठकुरीले जारी गरेको बिज्ञप्तिका अनुसार आफ्नै बिद्यालयका शिक्षकले उदयपुरको सदरमुकाम गाईघाट आउने क्रममा शिक्षकले अनैतिक कार्य गरेको भन्दै बलात्कृत बालिकाका आफन्तले श्रावण ५ गते नै प्रहरी समक्ष उजुरी दिएका थिए ।

उजुरी दिएको एक हप्ता बिति सक्दा पनि प्रहरीले हाल सम्म कुनै चासो नदेखाएको र उल्टै पिडक बाट धाक धम्की आउने गरेको बिज्ञप्तिमा उल्लेख छ ।

हत्या हिंसा बलात्कार जस्तो जघन्य अपराधमा प्रहरी प्रशासनले संरक्षणको भुमिका खेल्ने गरि काम गर्नु निन्दनीय भएको र यस्मा अनेरास्ववियुको गम्भीर आपत्ति रहेको बिज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry