त्रियुगाका कर्मचारी ढुङ्गानाको नाममा करिव ३७ लाख बेरुजु

Logo
बिहिबार, साउन १९, २०७९

उदयपुर । त्रियुगा नगरपालिकामा बेथिति र अनियमितता रहेको कुरा यहाँका सरोकारवाला हरुले उठाउदै आएको बिषय हो । हालै प्रादेशिक महालेखा परिक्षण महानिर्देशनालयको प्रतिबेदन अनुसार त्रियुगा नगरपालिकामा चरम बेथिती र अनिमियतता रहेको खुलेको छ ।

महालेखाको प्रतिबेदन अनुसार त्रियुगा नगरपालिका भित्र काम गर्ने कर्मचारीहरुकै मिलेमतोमा करोडौंको बेथिती तथा अनिमियता हुने गरेको पाइएको छ । करोडौं रुपैया बेरुजु देखिएको नगरपालिकामा कर्मचारीको नाममा मात्र आधा करोड बढि रकम बेरुजु देखिएको छ ।

नगरपालिकाका एक कर्मचारी वेदनाथ ढुङ्गानाको नाममा ३६ लाख ६८ हजार ६०० रुपैयाँ बेरुजु देखिएको छ । नगरका अर्का कर्मचारी उमेश घिमिरेको नाममा ९ लाख रुपैया बेरुजु देखिएको छ । यस्तै नगरपालिकाका आन्तरिक लेखा परिक्षक राजन धमलाको नाममा पनि ४ लाख बेरुजु देखिएको छ ।

पेस्की कुनै योजनाको काम गर्न रकम अभाव भएको बखत लेखाले आवस्यकता र औचित्य ठहरेमा कार्यक्रम पुर्व रकम उपलब्ध गराउने गर्दछ । सो रकम आवश्यकता र औचित्य अनुरुप खर्च भई शुसासनयुक्त ढँगले निश्चित समय भित्र सम्झौता र कार्यादेश अनुरुप खर्च को फछ्याैट नगरेमा त्यो पेस्की रकम बेरुजुमा जान्छ ।

नगरपालिका कर्मचारी वेदनाथ ढुङ्गानाले विभिन्न ८ वटा योजनाको काम देखाएर ३६ लाख बढीको पेस्की लिएर समयावधि सकिदा सम्म फर्स्योट नगर्दा उनको नाममा बेरुजु देखिएको हो । अर्का कर्मचारी उमेश घिमिरेले बिना शिर्षकको १ लाख र सभा संचालन खर्च भन्दै ८ लाख पेस्की लिएर फर्स्योट गर्न सकेका छैनन ।

उदयपुरको गोल्डकपको लागि छुट्याएको ४ लाख पेस्की स्व्वरुप लिएका नगरपालिकाका लेखा परिक्षक धमलाले उदयपुर गोल्डकप हुन नसके पनि पेस्की लिएको रकम फर्स्योट नगर्दा वा फिर्ता नगर्दा उनको नाममा बेरुजु देखिएको छ ।

यता नगरपालिकाको लेखा शाखाका शाखा प्रमुख बिनया बस्नेत भने आफुहरु यो बेरुजुको बिषयमा जानकार नभएको बताउछिन । “क-कस्को नाममा बेरुजु छ त्यो थाहा छैन” उनले भनिन, ” कर्मचारीको नाममा आएको बेरुजु भनेको पेस्की बेरुजु हो जुन सिधै मेयर र हाकिमको निर्देशन हुन्छ हामिले रोकेर पनि रोक्न सक्दैनौ।” उनका अनुसार बेरुजु रकम समयमा फर्स्योट नगर्दा पेस्की स्वरुप लगेको रकम बेरुजु देखिएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry