उदयपुरमा हुने कुनैपनि गैर कानुनी र आपराधिक क्रियाकलाप रोक्ने पहिलो प्राथमिकता : एसपी फुयल

Logo
मंगलबार, साउन २४, २०७९

उदयपुर । हालै उदयपुर प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयलले जिल्लामा शान्तीसुरक्षा स्थापना गर्नु नै आफ्नो मुख्य कार्य भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा उपलब्ध पत्रकारसँगको भेटघाट कार्यक्रममा फुयलले जिल्लाको बस्तुस्थीतिबारे आफु केही जानकार रहेको र केहि बुझ्दै गरेको उल्लेख गर्दै यहाँका समस्या समाधान गर्दै यहाँका जनताको शान्ती सुरक्षामा आफ्नो ध्यान पहिलो हुने बताए ।

प्रहरी प्रमुख फुयलले उदयपुरमा हुने प्रमुख अपराधिक घटना नियन्त्रण गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता ब्याक्त गरे ।

“यहाँको मुख्य समस्या केहो भन्ने बिषयमा पत्रकार साथीहरुबाट पनि जानकारी पाए र यहाँको रिपोर्ट हेरेर पनि जानकारी लिएको छु।” उनले भने, ” यहाँ काम गर्ने संघ संस्था, स्थानीय सरकार सँगको सहकार्यमा यहाँ हुने गैर कानुनी र आपराधिक क्रियाकलापलाई निराकरण गर्न अधिकतम प्रयास गर्ने छु ।”

देश चुनाव तर्फ गरेकोले त्यसमा केन्द्रित रहेर प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाउने प्रतिबद्धता समेत जनाएका थिए । सो कार्यक्रममा पत्रकारहरुले प्रहरीले गर्नुपर्ने कामको बिषयमा सुझाब समेत दिएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry