जोगिदह मैनाहाको खानेपानीको समस्या समाधान र नदि कटान नियन्त्रणका लागि मन्त्रालयमा सिफारिस

प्रक्रिया अगाडि बढ्दै
Logo
को बिषय बुधबार, साउन २५, २०७९

उदयपुर । त्रियुगा नगरपालिका वडा नं १ जोगिदह स्थित मैनाहा उज्वल टोलमा देखिएको खानेपानीको समस्या समाधान हुने भएको छ ।

उच्च स्तरिय भेटघाटमा काठमाडौंमा रहदा नगर प्रमुख वसन्त कुमार बस्नेतले वडा नं १ मा रहेको खानेपानीको समस्यालाई समाधान गर्न खानेपानी मन्त्रालयबाट नै प्रक्रिया अघि बढाउने गरि सिफारिस गराएका छन ।

१ करोड लागत अनुमान सहित खानेपानी आयोजनाका लागि गरिएको सिफारिसलाई मन्त्रालयले कार्यन्वयनका लागि प्रक्रिया अगाडि बढाएको छ ।

यस्तै सोही वडामा पर्ने खहरे खोलाहरुले बर्सेनि कटान गरेर लाखौं बिगा खेतीयोग्य जमिन बगाउने र सयौं बस्ती प्रभावित पार्ने गरेको हुदा ती खोलाहरुलाई नियन्त्रण गर्ने उर्जा तथा जलस्रोत मन्त्रालय समक्ष सिफारिस गरेका छन ।

मेयर बस्नेतले वडा नं १ मा पर्ने कंग खोला, बटिजोर खोला र खुरहुरे खोला नियन्त्रणका लागि करिव साढे २ करोड बजेट माग गरेका छन । मेयर बस्नेतको मागलाई मन्त्रालयले प्रक्रियागत ढंगले अगाडि बढाएको छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry