त्रियुगाको बगाहामा मेडिकल कलेज स्थापना गर्न स्थलगत अबलोकन

त्रियुगा नगर भित्र पाँच वटा योजना छनोट
Logo
बुधबार, साउन २५, २०७९

उदयपुर बुधबार साउन २५ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा मेडिकल कलेज स्थापना गर्न आज नगरका जनप्रतिनिधि तथा प्रदेश सरकारले आज स्थलगत अबलोकन गरेका छन।

नगर प्रमुख बसन्त कुमार बस्नेत, उप–प्रमुख महेश्वरी राई, वडा अध्यक्षहरु सुमन्त कोईराला, बद्री बस्नेत, तिलक बहादुर कटुवाल, चुडाराज काफ्ले, नवीन चौधरी, लगायत लगानी बोर्डको टिमले कलेज स्थापनाका लागि स्थलगत अबलोकन गरेको हो ।

२०७९ असार ३० गते नवौँ नगर सभाबाट आर्थिक वर्ष २०७९/०८० का लागि नगरपालिका लगाएत ४,१३ र १६ नं. वडामा विभिन्न योजनाहरु सञ्चालन गरिने निर्णय गरेको छ ।

वडा नं. ४ मा मेडिकल कलेज स्थापना, वडा नं. १३ मा बरुवा बस पार्क निमार्णका साथै फोहोरमैला व्यवस्थापन गरिने गरि योजना बनाएको नगर प्रमुख वसन्त बस्नेतले जानकारी दिए ।

नगर प्रमुख बस्नेतका अनुसार वडा नं. १६ मा सिदालीमा क्लिङ्कर उद्योग निमार्ण र नगरपालिका भित्र आवासिय विद्यालय निमार्ण गरिने भएको छ  ।

त्रियुगा नगर भित्र हुने पाँच वटै योजनाको लागि प्रदेश लगानी प्राधिकरण बिराटनगरले लगानी गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry