प्राविधिक र बिद्युत मर्मत तर्फका कर्मचारी अव वडावडामा

Logo
सोमबार, साउन ३०, २०७९

उदयपुर । जनतालाई दिने सेवा सुविधालाई चुस्त बनाउन र परिणाम मुखीकाम निकाल्न त्रियुगा नगरपालिकाले कर्मचारीहरुलाई वडाकार्यलय मार्फत जनताका घरघरमा पुगेर काम गर्न निर्देशन दिएको छ ।

नगरपालिकामा कार्यरत प्राबिधिक र बिद्युत मर्मत तर्फका कर्मचारीहरुलाई हरेक वडामा खटाएर जनताका समस्याहरुलाई उनिहरुका घरमै पुगेर र वडा बाटै समाधान गर्ने उदेश्यले कर्मचारीहरुलाई वडा वडामा पठाइएको नगर प्रमुख वसन्त कुमार बस्नेतले बताए ।

यस अघि प्राविधिक र बिद्युत मर्मत तर्फका कर्मचारी नगरमा बसेर काम गरि रहेका थिए । प्राविधिकहरु वडामा गए पछि वडामा हुने विभिन्न योजनाका स्टामेटको काम पहिले आम उपभोक्ता र जनता नगर सम्म धाउनुपर्ने बाध्यता अन्त्य भएर अव वडाबाटै हुने भएको छ ।

प्राविधिकहरु अव सवै वडामा पठाएकाले त्यस वडामा हुने बिकासको काममा अनुगमन, मुल्यांकन प्रभावकारी हुने र कामको गुणस्तरमा समेत सुधार आउने नगर प्रमुख बस्नेतको भनाई छ ।

यता बिद्युत मर्मत तथा बिस्तार गर्नका लागि राखिएका कर्मचारीहरुले नगरमा बसेर काम गर्दा वडाका समस्या समयमा हल हुन नसकेको जन गुनासो बढे पछि कर्मचारीहरुलाई वडामै खटाएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry