देउरी भलुवाई श्रीपुर जोड्ने खैरजोडी खोलामा बनेको पक्कि पुलको उद्घाटन

उद्घाटन गरिएको पुल श्रीपुर, भलुवाई देउरी क्षेत्र कृषिमा उर्वर भएकाले ती क्षेत्रको कृषिलाई उकास्न महत्वपूर्ण - नगर प्रमुख बस्नेत
Logo
बिहिबार, भाद्र ०९, २०७९

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ५ मा पर्ने देउरी भलुवाई श्रीपुर जोड्ने खैरजोडी खोलामा बनेको पक्कि पुल उद्घाटन गरिएको छ । ४ करोड ३४ लाख ६४ हजार २ सय ५२ रुपैयामा निर्माण गरिएको उक्त पुलको आज एक कार्यक्रम गर्दै प्रदेश १ सरकारका सडक पुर्वाधार तथा शहरी बिकाश मन्त्री हिमाल कार्कीले उद्घाटन गरेका हुन ।

प्रदेश सचिव मोहन राज चापागाई, प्रदेश संसद सज्जा दनुवार, त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार बस्नेत, बेलका नगरपालिकाका मेयर अशोक कार्की, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई लगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन।

 

पक्कि पुलको उद्घाटन गर्दै मन्त्री कार्किले त्रियुगा नगरपालिकाको बिकासमा यो पुलले महत्वपूर्ण भूमिका खेल्ने बताए। “यो पुल सँगै वडा नं ५ सहित त्रियुगा नगरपालिका भर बहुबर्षिय र अन्य गरि करोडौंको योजना रहेका छन” उनले भने, “त्रियुगा नगरको समृद्धिका लागि प्रदेश सरकार सधै सकारात्मक र नजिक छ ।”

 

मन्त्री कार्कीले प्रदेश सरकारको औचित्यको बिषयमा सामजिक सञ्जाल र अन्य माध्यमबाट हुने विभिन्न टिक्का टिप्पणी प्रती बोल्दै प्रदेश सरकारको आवश्यक्ताको बिषयमा प्रष्ट पारे । मन्त्री कार्किले भने, “संघिय सरकारको ध्यान नपुगेको र स्थानिय सरकारको बजेटले नपुग्ने मझौला विकासका योजनाहरुलाई प्रदेश सरकारले आफ्नो प्राथमिक्तामा राखेर काम गरिरहेको छ । त्यसैले प्रदेश सरकारको औचित्यको बिषयमा प्रश्न उठाउनु टीका टिप्पणी हुनु अशोभनीय छ ।”

यस्तै कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिका प्रमुख वसन्त कुमार बस्नेतले देउरी भालुवाई र श्रीपुर क्षेत्र नगरपालिकाको महत्वपूर्ण र कृषि योग्य क्षेत्र भएकाले यस पुलले ती क्षेत्रहरुलाई सदरमुकाम र नगर सम्म जोड्न महत्वपुर्ण हुने बताए ।

नगरलाई कृषिमा आत्म निर्भर बनाउने योजना सहित लागेको उल्लेख गर्दै मेयर बस्नेतले भने, “त्रियुगा नगर भित्रि मधेसमा पर्ने भएकोले यो क्षेत्र कृषिमा उर्वर मानिन्छ । देउरी, भालुवाई, श्रीपुर, बगाहा, मोतिगडा, भुल्के, जोगिदह लगायतका क्षेत्रमा कृषि योग्य जमिन छ । यहाँ १५ बढि खहरे खोलाहरु छन जस्ले अनियन्त्रित भएर खेतीयोग्य जमिन कटान गर्ने, खेती गर्न जान आउन समस्या पार्ने गरेको हुदा ती खोलामा समेत पक्की पुल निर्माण र नदि नियन्त्रण गर्न आवश्यक छ, त्यसको लागि प्रदेश सरकारले आवस्यक पहल गरि दियोस ।”

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, विभिन्न सुरक्षा निकायका प्रमुख, वडा नं ५ का वडा अध्यक्ष उद्वब थापा, वडा नं ११ का वडा अध्यक्ष सुमन्त कोइराला, वडा नं १२ का वडा अध्यक्ष चुडा राज काफ्ले लगायत विभिन्न कार्यलयका कार्यलय प्रमुखहरुको उपस्थिति थियो ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत, पुर्वाधार विकास कार्यालय उदयपुरको कुल ४ करोड करोढ ३४ लाख ६४ हजारको लागतमा निर्माण हुन लागेको तिन स्पामको पुलको ७५ मिटर लम्बाई र चौडाई १० मिटर रहेको छ। पुलको दुवै साइडमा १.५ मिटर फुटपाथ रहेको छ ।

२०७८ सालको कार्तिक मसान्त भित्रमा पुल निर्माण गरिसक्नु पर्ने गरि ठेक्का सम्जौता भएकोमा पछि म्याद थप गरि २०७८ चैत्र ३० गते सम्पन्न गर्ने पर्ने थियो । निर्माण कम्पनीले समयावधिको एक हप्ता अगावै पुल निर्माण सकेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry