उदयपुर । नेपाली कांग्रेस उदयपुरले चुनाव लक्षित ‘जनतासँग काङ्ग्रेस अभियान’लाई पालिकास्तरमा सञ्चालन गरेको छ । जिल्ला स्तरमा कार्यक्रम गरी शुभारम्भ गरिएको उक्त अभियानलाई जिल्लाका आठ वटै पालिकामा सञ्चालन गरिएको हो ।
चार नगरपालिका र चार गाउँपालिकामा कार्यक्रम गरी पालिकास्तरमा अभियानको शुभारम्भ गरिएको छ । पालिकास्तरमा सकिएपछि अब वडामा यो अभियान सञ्चालन हुने नेपाली काङ्ग्रेस उदयपुरले जनाएको छ ।
नेपाली कांग्रेस त्रियुगा नगर समितिले आयोजना गरेको शुभारम्भ कार्यक्रममा केन्द्रीय सदस्य रुकमणी कोईरालाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा अग्रज नेतादेखि सबैको व्यवस्थापन हुनुपर्ने बताइन ।