उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा सदस्य १ (ख) मा हिमाल कार्की २१६ मतले विजयी भएका छन । सत्ता गठबन्धनको साझा उम्मेदबार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका कार्कीले १४ हजार ९७९ मत ल्याएर विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदबार इश्वरमणि राउत १४ हजार ७६३ मत ल्याएका छन् । कार्कीलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सहयोग रहेको थियो ।
हिमाल कार्की यसै क्षेत्रबाट २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीको साँझा उम्मेदबार रामबहादुर थापा मगरलाई एक हजार ५२८ मतले पछि पार्दै निर्वाचित भएका थिए ।
निर्वाचित हिमाल कार्की उदयपुर कांग्रेस सभापती तथा प्रदेश सरकारका सडक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत हुन् ।