त्रियुगा नगरपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन बन्दै

त्रियुगा नगरपालिका प्रमुख बसन्त बस्नेतले गरे निर्माण कार्यको सुभारम्भ
Logo
शुसिला रेग्मी मंगलबार, पुष १९, २०७९

गाईघाट। उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य शुरु गरेको छ । नगरपालिकाको वडा १० स्थित वासबारीमा अपाङमैत्री र वालवालिका मैत्री भवनको आज नगरप्रमुख बसन्त कुमार बस्नेतले निर्माण कार्यको शुभाराम्भ गरेका हुन्।

अण्डर ग्राउण्ड पार्किङ्ग र चारतले भवनमा ८४ वटा कोठा रहने छन् । अत्याधुनिक प्रशासनिक भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने नगरप्रमुख बस्नेतले बताए। नगरप्रमुख बस्नेतले नगरपालिकाले प्रदान गरिरहेको सेवा अझ चुस्त र प्रभावकारी बनाउनका लागि सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य शुरु गरेको बताए।

यस्तै नगर उपप्रमुख महेश्वरी राईले मानविय बिकास सहित भौतिक विकासलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले नयाँ बन्ने भवनबाट नगरवासीले एकीकृत सेवा पाउने विश्वास व्यक्त गरिन।

चार तला भवनमा एक सभाहल, शौचालय सहित ८४ वटा कोठा हुने प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले जानकारी दिए। भवन निर्माणको जिम्मा १२ करोड २६ लाख ३९ हजार २ सय ९३  रुपैयाँमा ज्ञान ज्योती बिल्डर्स प्रा.ली काभ्रेले पाएको प्रप्रअ वनले बताए। २०८२  साल असार १३ गते भवन सम्पन्न गर्ने गरि ठेक्का सम्झौता भएको छ।

प्रशासनिक भवन फरक क्षमतामैत्री, वालमैत्री, अपाङमैत्री  विद्युतीय भर्‍याङ (लिफ्ट) सहित हुने गरि निर्माण गर्न लागिएको नगरपालिकाका इन्जिनियर निर्मल चौधरीले बताए।

नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका सुविधा सम्पन्न कार्यकक्ष र नगरपालिकाका विभिन्न शाखाहरू एउटै भवनमा अट्ने गरी भवनको निर्माण शुरु गरिएको छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry