उदयपुर। गाईघाटमा अवैध धन्दा संचालन गर्ने संचालक सहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका १२ शनि मन्दिर नजिकै सुनगाभा टोलमा जोगेन्द्र गुप्ताको घर भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई बुधबार अपरान्ह प्रहरीले पक्राउ गरेको हो।
अनैतिक कार्य गरिरहेको भन्ने सूचनाका आधारमा छापा मार्दा संचालक सहित ७ जनालाई पक्राउ गरिएको जनाईएको छ ।
त्रियुगा नगरपालिका १२ सनि मन्दीर जानेबाटो सुनगाभा टोल जोगेन्द्र गुप्ताको घरमा भाडा गरी होटल संञ्चालन गर्दै आएका संचालक सहित अन्य व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले एक्कासी छापा मार्दा ७ जनालाई पक्राउ गरेको छ भने केहि व्यक्तिहरु फरार रहेको स्थानीयहरुले जनाएका छन ।
स्थानीयहरुका अनुसार लामो समयदेखी त्यहाँ बाहिरका मान्छेहरु समेतको आउजाउ ब्यापक हुने र बिभिन्न क्रियाकलाप हुने गरेको थियो।