त्रियुगा १२ का विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

Logo
बिहिबार, पुष २८, २०७९

उदयपुर । त्रियुगा नगरपालिका वडा नं. १२ का अति विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । बिहिवार एक कार्यक्रमका बिच वडाअध्यक्ष चुडाराज काफ्ले र नेस्पेक उदयपुरका अध्यक्ष अर्जुन पोखरेलले संयुक्त रुपमा बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेका हुन ।

वडा क्षेत्रका ५० बालबालिकालाई न्यानो कपडा स्वरुप ज्याकेट र स्वीटर वितरण गरिएको छ । त्रियुगा नगरपालिका–१२ को आर्थिक सहयोगमा बाँडिएको न्यानो कपडामा नेस्पेक उदयपुरले कार्यक्रमको संयोजन तथा सहजीकरण गरेको हो ।

“बाल अधिकार हामी सवैको सरोकार” भन्ने नारा सहित गरिएको कार्यक्रममा बोल्दै वडा अध्यक्ष काफ्लेले जनसरोकारका बिषयमा वडा सधैं जनताको पक्षमा र गरिव असाहायको पक्षमा रहेको बताए । चिसोको समयमा पातलो कपडा लगाएर विद्यालय जाने गरेका बालबालिका न्यानो कपडास्वरूप ज्याकेट-स्वीटर राहत स्वरुप बितरण गरिएको अध्यक्ष काफ्ले जानकारी दिए ।

न्यानो कपडा अन्तर्गत बालबालिकालाई उपलब्ध गराइएको ज्याकेटले चिसो मौसममा राहत पुगेको अभिभावकले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry