उदयपुर आएर गभर्नर अधिकारीले भने नेपालको अर्थतन्त्र सुधारोन्मुख

Logo
बिहिबार, माघ १२, २०७९

उदयपुर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । उदयपुरको चौदण्डिगढी नगरपालिका ६ स्थित जनज्योति माध्यमिक बिद्यालय परिषरमा नवनिर्मित सरस्वति मन्दिरको बिहीबार उद्घाटन गर्दै अधिकारीले नेपालको अर्थतन्त्र चाँडै सुधारमा आउने विश्वास व्यक्त गरे ।

करिव १५ लाखको लागतमा निर्मित उक्त मन्दिर वडानं ७ का वडाध्यक्ष केशव अधिकारीले आफ्ना २५ बर्षिय छोरा युगान्त र १९ बर्षिया छोरी अनुजाको स्मृतिमा निर्माण गरेका हुन् ।

स्वर्गिय भतिज र भतिजिको नाममा निर्माण भएको मन्दिरको उद्घाटन गर्दै गभर्नर अधिकारीले विश्व बजारमा देखिएको उत्तरचढावले लामो समय नेपाली अर्थतन्त्रलाई क्षति पुर्याएपनि पछिल्लो चार महिना यता सुधार हुँदै गएको दावि गरे ।

“निरन्तर घाटामा रहेको अर्थबजार पछिल्लो असोज महिना यता वचततर्फ अग्रसर देखिएको छ, जुन सकारात्मक सन्देश हो, नेपालको अर्थतन्त्र कमजोर हुनु बाह्य समस्या नै हो”  अधिकारले भने, “त्यसका बाबजुद मौद्रिक नीतिमा केहि सुधारात्मक अभ्यासहरु भईरहेका छन् ।”

उनले साना व्यवसायिलाई संरक्षण गर्ने गरी नीतिहरु बनाईएको बताए । अधिकारीले वित्तिय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंङ्कि कारोवारमा जोड्ने अभियान सुरु गरिएको बताए । यससकासाथै बिद्यार्थीसँग राष्ट्र बैंक कार्यक्रममार्फत बैंक सम्बन्धि जानकारी दिने काम सुरु गरिएको बताए ।

कार्यक्रममा चौदण्डिगढीका मेयर कालुमान लामाले सामान्य किसानसँग जोडिने गरी राष्ट्र बैंकले कार्यक्रम सञ्चालन गरिनु पर्ने बताए । उनले गरेर खान्छु भन्ने दृढ इच्छाशक्ति भएका सामान्य नागरिकलाई बैंकले ऋण नदिने र आफुसँग लगानी गर्ने स्रोत नहुँदा आर्थिक समृद्धीका बाटोहरु बन्द भएको बताए ।

उपमेयर मणिकादेवी दुलालले सस्तो व्याजदरमा सामान्य किसानले बैंकबाट ऋण पाउने हो भने मुलुक समृद्धशाली बन्न कुनै समय नलाग्ने बताईन् ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक राजकुमार ओझाले बिद्यालयले हालसम्म गरेका गतिविधी, प्रगति प्रतिबेदन सुनाएका थिए । माध्यमिक तहसम्म १ हजार ६ सय बिद्यार्थी रहेको उक्त बिद्यालय नगरपालिकाकै नमुना बिद्यालय हो ।

फोटो : भरत खड्का

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry