त्रियुगामा बिश्वबैंकको लगानीमा हुने भौतिक बिकासका योजना छनोट सकियो, डिपिआर तयार गर्ने कामको सुरुवात

Logo
आइतबार, माघ २२, २०७९

उदयपुर । विश्व बैंकले गर्ने भौतिक विकास अन्तरगत त्रियुगा नगरपालिकाका ४ वटा वडामा ९ योजना छनोटमा परेर काम शुरु भएको छ । विश्व बैंकले शहरी विकास मन्त्रालयमार्फत ‘शहरी सुशासन तथा पूर्वाधार सुधार कार्यक्रम’ (यूजीआईआईपी) अन्तर्गत त्रियुगा नगरपालिकाका वडा नं १०, ११, १२ र १३ गरि ४ वटा वडाका ९ योजना छनोट गरि सर्वेको काम सुरु भएको हो ।

छनोटमा परेका वडाहरुमा बोटेक बस्फरस टेक्निकल कन्सल्टिङ कर्पोरेसनले योजना छनौट तथा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)को काम सुरु गरेको छ । नगर प्रमुख वसन्त कुमार बस्नेतको नेतृत्वमा नगर उपप्रमुख महेश्वरी राई, प्रमुख प्राशासकीय अधिकृत मान बहादुर वन, वडा नं ३ का वडा अध्यक्ष तिलक कटुवाल, वडा नं १० का वडा अध्यक्ष किरण पाण्डे, वडा नं ११ का वडा अध्यक्ष सुमन्त कोइराला, वडा नं १२ का वडा अध्यक्ष चुडाराज काफ्ले, वडा नं १३ का वडा अध्यक्ष नवीन चौधरी र वडा नं १६ का वडा अध्यक्ष मान बहादुर राई समेतको उपस्थितिमा नगर स्तरीय निर्णय गरि योजना छनोट गरिएको हो ।

नगरपालिकाले भौतिक बिकासमा सडक निर्माण र स्तरोन्नतीमै जोड दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर वनले जानकारी दिए । उनले नगरभित्र बजार एरियाका टावन प्लानिङका सडक बजार एरिया महत्वपूर्ण सडक एक आपसमा जोडिने गरी लिङ्क रोड निर्माण गर्नेगरि योजनाहरु पेश गरेको बताए ।

नगरहरुबाट पेश भएका योजनाहरुमाथि विस्तृत अध्ययन गरी योजनाहरुको चालु बर्षभित्रै डीपीआर तयार गरेर शहरी विकास मन्त्रालयलाई प्रतिवेदन बुझाउने र आगामी वर्षदेखि योजना निर्माणको काम सुरु हुने नगर प्रमुख वसन्त बस्नेतले बताए ।

छनोट भएका योजना मध्य गाईघाट टावन प्लानिङ्गका सडक, सिटिहल सिमलटार सडक, बाबारानी डिएम गेट सडक, पिजि चोक – फुलचोक – बोटेटोल – त्रियुगा करिडोर सडक, शिवालय टोल हुँदै करमगाछी सडक, प्रगती टोल हुँदै साकेला टोल सडक, सगरमाथा कृषी बजार पश्चिम बाट जनप्रेमी टोल हुँदै बिसनपुर त्रियुगा करिडोर सडक लगायतका सडक छनोटमा परेका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry