उदयपुर । नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा प्रदेश नम्बर १ का इन्र्चाज राजेन्द्र गौतमले अवको राष्ट्रपति एमालेले नै जित्ने दावी गरेका छन। आईतबार उदयपुर आएका गौतमले प्रेस चौतारी नेपालले आयोजना गरको पत्रकार भेटघाटमा राष्ट्रपति निर्वाचनमा एमालेका उमेद्वारले जित्नेमा आफुहरु ढुक्करहेको बताएका हुन ।
उनले भने, ‘राष्ट्रपति एमालेका उमेद्वार सुबास नेम्वाङ्ग नै हुन हुन्छ ढुक्क हुनुहोस, अहिलेको गठबन्धन माओबादीलाई सरकारबाट बाहिरियाएर काङ्ग्रेस आफु सरकारमा आउनका लागि गरेको हो त्यो कुरा माओबादीले बुझ्ने छ र एमालेका उमेद्वार नेम्वाङ्ग राष्ट्रपति बन्नु हुनेछ।’
‘राष्ट्रपति निर्वाचनमा सत्तारुढ गढबन्धन भत्किदा पनि सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट किन नवाहिरिएको भन्ने प्रशङ्गमा नेता गौतमले भने, ‘हामी पर्ख र हेरको अवश्थामा छौ, जुन कुरा फागुन २५ ले निर्धारण गर्नेछ, हामीले सोचे भन्दा फरक परिणाम आएमा सरकारलाई जवाफ दिने गरि निर्णय लिन्छौ ।’