बिदेशी र काठमाडौंबाट आएका विशेषज्ञ डाक्टरको टोलीले चेकजाँच गरेका विरामी उपचारका लागि उदयपुर जिल्ला अस्पताल रिफर

Logo
बुधबार, फाल्गुण १७, २०७९

उदयपुर । बिदेशी विशेषज्ञ डाक्टर सहित चौदण्डी र बेलका नगरपालिकामा गरिएको स्वास्थ्य शिविरमा अप्रेसन गर्न पर्ने देखिएका बिरामीलाई अप्रेसनका लागि जिल्ला अस्पताल रिफर गरिएको छ । जिल्ला अस्पतालमा आंङ खसेको महिला, पाठे घरको समस्या देखिएका महिला र हर्निया लगायतको उपचार अप्रेसनको सुविधा थपिए पछि विरामीलाई रिफर गरिएको हो ।

लुम्बिनी गार्डेन फाउण्डेशन स्पेन नेपालको संयोजनमा स्पेन स्थित रुवर इन्टरनेशनल डि मेडरिड अस्पताल र काठमाडौ स्थित स्टार अस्पतालका बिशेषज्ञ डाक्टरको टोलीले उदयपुरको बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरको संचालन गरेको थियो ।

शिविरमा २ हजार बढी बिरामीहरुको स्वास्थ्य चेकजाँच गरिएको स्टार अस्पतालका एमडी डा. शैल रुपाखेतीले बताए । स्वास्थ्य चेकजाँचमा अप्रेसन गर्नु पर्ने देखिएका बिरामीलाई अप्रेसनको लागि जिल्ला अस्पताल उदयपुर रिफर गरिएको रुपाखेतीले बताए ।
“जिल्ला अस्पतालमा अहिले हामीले शिविरमा चेकजाँच गरेका सम्पुर्ण रोगको उपचार र अप्रेसन हुने बुझियो ” डा रुपाखेतीले भने, “जिल्ला अस्पतालको व्यवस्थापन र महत्त्वपूर्ण विशेषज्ञ डाक्टरहरु हुनुहुदो रहेछ यो ठाउँमा सबैभन्दा आवश्यक पर्ने विशेषज्ञ डाक्टर यहाँ पाइनु ठूलो उपलब्धि हो जिल्ला अस्पतालको गौरवको कुरा हो ।”

आंङ खसेको र पाठेघरको समस्या देखिएका महिला तथा हर्निया लगायत अन्य गरेर ११ जनालाई अप्रेसनको लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ज्ञानेन्द्र झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry