प्रथम त्रियुगा मेयरकप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Logo
बुधबार, फाल्गुण १७, २०७९

गाईघाट । जिल्ला ब्याडमिन्टन संघ उदयपुरले आयोजना गरेको जिल्ला स्तरीय त्रियुुगा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ  ।

त्रियुगा १० स्थित बोक्से कभर्डहलमा भएको पुरुष डबल्स ए डिभिजन, पुरुष डबल्स बि डिभिजन र महिला डबल्स विधामा भएको प्रतियोगितामा फाल्गुण १६ गते सम्पन्न भएको हो ।

प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो स्थानमा विजयी टिमहरुलाई नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

पुरुष डबल्स ए डिभिजन तर्फ हिमाल श्रेष्ठ र सरोज खवासको जोडी प्रथम, सौरभ ठकुरी र विनय चौधरीको जोडी दोस्रो र तेस्रो स्थानमा बादल अतिवडा र मनोज खड्काको जोडी तथा चित्र थापा र बलबहादुर कार्कीको जोडी भए ।

पुरुष डबल्स वि डिभिजनतर्फ अनुप मगर र उत्सव पोखरेलको जोडी प्रथम, प्रतिक विष्ट र सुजल चौधरीको जोडी दोस्रो र तेस्रो स्थानमा भोटराज राई र किसन राईको जोडी तथा लिलबहादुर पुुलामी र कालुराम उरावको जोडी सफल भए ।

महिला डबल्सतर्फ रोजी राई र नितासा मगरको जोडी प्रथम, सर्मिला केसी र निकिता आचार्यको जोडी दोस्रो र तेस्रो स्थानमा दिया राई र स्मृति राईको जोडी तथा मैया मगर र यशोदा राईको जोडी सफल भए ।

जिल्ला न्यायधिश नवराज दुलाल, सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल, सशस्त्र प्रहरी उपरिक्षक अशोककुमार साक्य, मालपोत कार्यालय प्रमुुख कुमार खड्का, आयोजक संघका अध्यक्ष राजेश कार्की, त्रिनपा वडा नं. ९ का वडाध्यक्ष राजकुुमार दनुुवार लगायतले बिजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरे ।

त्रियुुगा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन उपमेयर महेश्वरी राईले गरेकी थिइन् । पुरुष डवल्स ए डिभिजनमा ८ टिम, पुरुष डवल्स बि डिभिजनमा ६४ टिम र महिला डवल्समा ८ टिम सहभागी थिए ।

प्रतियोगितामा हरेक बिधामा प्रथम हुनेलाई २५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुनेलाई १५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र र तेस्रो हुनेलाई १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको संघका अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry