स्ववियु निर्वाचन : मोतिगडा क्याम्पसमा अखिल भन्दा नेविसंघ अगाडी

Logo
मंगलबार, फाल्गुण ३०, २०७९

उदयपुर । जिल्लाकै पुरानो र सदरमुकाममा अवस्थित भएर पनि त्रियुगा जनता बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा जिल्ला भरका नेता तथा विभिन्न राजनितिक दलको ध्यान छ। स्ववियु निर्वाचन नजिए संगै क्याम्पसहरुमा चुनावी चहलपहल बढेको छ ।

यसै बीच सोलुसन खबर डट कमको टिम स्ववियु निर्वाचनको पेरिफेरीलाई लिएर रिपोर्टिंग गर्न त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडा पुगेको छ। लामो समय देखि हुन नसकेको स्ववियु निर्वाचन हुँदा केहि विद्यार्थीलाई उत्सव जस्तो लागेको पाइयो भने कसैलाई दिक्क लागेको छ।

चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागी त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा ६ वटा बिद्यार्थी संगठन दर्ता भएका छन । जसमध्ये सभापतीमा नेबि संघबाट चेतन पोखरेल, अनेरास्ववियुबाट अभिसेक राई (वालेम) र अनेरास्ववियु (क्रान्तिकारी)का तर्फबाट सरोज कार्की चुनावी मैदानमा छन् ।

हामीले फागुन ३० गते विहान मोतिगडा क्याम्पस पुगेर करिव ६५ विद्यार्थीलाई स्ववियु निर्वाचनमा कसलाई भोट हाल्नु हुन्छ भनेर प्रश्न गरेका थियौ । जसमा २२ जनाले नेविसंघका उम्मेद्वार चेतन पोखरेललाई भोट दिने बताए। १४ जनाले अनेरास्ववियुका  अभिसेक राई (वालेम) लाई भोट दिने बताए भने अनेरास्ववियु (क्रान्तिकारी)का तर्फबाट सरोज कार्कीलाई १६ जनाले भोट दिने बताए। ६ जनाले कसलाई भोट दिने भनेर निर्णय नगरेको बताए भने २ जनाले निर्वाचनमा भाग नै नलिने बताए। ५ जनाले पारिवारका सदस्यले जसलाई भोटहाल्न भन्नु हुन्छ त्यहिँ भोट हाल्ने बताए ।

मास्टर लेभल र डिग्री लेभल सम्मका बिद्यार्थीलाई गरिएको यो मत सर्वेक्षणमा नेपाली कांग्रेस निकट नेविसंघका चेतन पोखरेलले अनेरास्ववियुका  अभिसेक राई (वालेम) अनेरास्ववियु (क्रान्तिकारी)का सरोज कार्कीलाई ७० देखि माथी १०० मत अन्तरले बिजयी हुने देखिएको छ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry